ताजा अपडेट »

रोहिणीमा भोलिदेखि घर नक्शा अनिवार्य

सोमबार, ०७ भदौ २०७८, २१ : २७
2 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले मंगलबार देखि गाउँपालिका क्षेत्रमा घर एवम अन्य संरचनाको अनिवार्य नक्शा पास गर्नुपर्ने नियम बनाएको छ । सोमबार सूचना जारी गर्दै गाउँपालिकाले भाद्र ८ गते देखी २०७९ असार मसान्त गाउँपालिकामा रहेका भवन, कलकारखाना एवम अन्य भौतिक संरचनाको नक्शा पास गराए जरिवाना नलाग्ने र सो पछि नियम अनुसार जरिवाना लाग्ने उल्लेख गरेको छ ।

रोहिणी गाउँपालिका क्षेत्रभित्र नक्शा अभिलेखीकरण गर्नुपर्ने नियम कार्यान्वयन हुनु अघि निर्माण सम्पन्न भएका र नक्सा पास हुन बाँकी भवन, कलकाराखाना तथा संरचनाहरु अभिलेखीकरण असार मसान्त सम्म गरि सक्न गाउँपालिकाले अनुरोध गरेको छ । सो मिति भित्र अभिलेखीकरण गरे बिलम्ब शुल्क नलाग्ने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेल जानकारी दिए ।

यस्तै अब नयाँ बन्ने भवन, कलकारखाना एवम अन्य संरचना बनाउन परे त्यसको अनिवार्य नक्सा पास गराउनु पर्ने न्यौपानेको भनाई छ । अहिले नक्सा पास गरि घर बनाए नियम अनुसारको दस्तुर मात्र लाग्ने र कानून विपरीत गई संरचना बनाए दस्तर संगै जरिवाना समेत लाग्ने भएकोले उनले समयमै नक्सा सम्बन्धि काम गर्न आग्रह गरे ।

साविकको धकधई, पोखरभिण्डी, बगहा, बोदवार, छिपागढ र पजरकट्टि गाविस मिलेर बनेको रोहिणी गाउँपालिकामा ७ हजार हाराहारीमा घरधुरी रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनले यस अघि अव्यवस्थित रुपमा बसोबास रहेको कारण बिभिन्न बिकास निर्माणका कामहरु गर्न कठिनाई हुने गरेको बताउदै व्यवस्थित बसोबासको लागी घरनक्सा पास अपरिहार्य रहेको बताए । कानून अनुसार नक्सा पास भए यसले नागरिक र स्वयम गाउँपालिकालाई पनि सहज हुने भएकोले यो अभियानमा समग्र रोहिणी गाउँपालिकावासीलाई सहभागी हुन आग्रह गरे ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा