ताजा अपडेट »

दाङमा चितुवाको छाला र कस्तुरीको बिनासहित ५ जना पक्राउ

सोमबार, ०७ भदौ २०७८, २१ : २२
2 Shares

दाङ । दाङमा प्रहरीले प्रतिबन्धित वन्यजन्तु चितुवाको छाला र कस्तुरीको बिनासहित ५ जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुरबाट दाङतर्फ आउदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई लमही नगरपालिका–९अमेलियामा चेकजाँच गर्ने क्रममा २ वटा साना र एउटा ठुलो गरी ३ वटा चितुवाको छालासहित तीन जनालाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैतडी जिल्ला पाटन नगरपालिका–६ निवासी २० बर्षीय गाडी चालक विमल औजी, सोही ठाउँ निवासी २८ बर्षीय प्रदिपकुमार विक र सोही ठाउँ निवासी २० बर्षीय हेमन्त औजी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक सुरेन्द्र काफ्लेले जानकारी दिएका छन् ।

त्यसैगरी प्रहरीले प्रतिवन्धित कस्तुरीको बिना ओसारपसार तथा विक्रिवितरणमा सम्लग्न रहेको आरोपमा दुई जनालाई आइतवार घोराहीबाट पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ सहिदगेट स्थीत ‘होटेल टुडे प्लाजा’को कोठा नं। २ मा लुकाईछिपाई राखेको अवस्थामा बिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–७ निवासी ३३ बर्षीय मोहन बुढा र प्युठान जिल्ला प्युठान नगरपालिका–१ निवासी २२ बर्षीय मदन केसी रहेका छन् ।

पक्राउ परेका ५ जनाका विषयमा थप अनुसन्धान भैरहेको र आवश्यक अनुसन्धान पछि वन डिभिजन कार्यालय दाङमा बरामद समानसहित उनीहरुलाई बुझाईने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रबक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।