९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

बुटवल । केन्पो खुकुरी प्रशिक्षकहरुको एक हप्ते प्रशिक्षण कार्यक्रम समापन भएको छ। केन्पो खुकुरी खेलको प्रचारप्रसार गर्ने उदेश्यका साथ लुम्बिनी प्रदेशमै पहिलोपटक कार्यक्रम गरिएको हो। प्रशिक्षक राजकुमार पाण्डेले फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराईएको बताए ।

Advertisement

नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका अध्यक्ष पुर्ण पाण्डेले प्रशिक्षणमा चार विधाको बारे प्रशिक्षकहरुलाई सीप क्षमता सिकाईएको भन्दै थप विधाहरु विस्तार गरिने बताए । प्रतियोगितामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उनले बताए । प्रदेशले जिल्लाबाट छनौट गरेर पठाउने र यो एउटा महत्वपुर्ण प्रतियोगिता गराउने उनले बताए। खेलमा नाम नै खुकुरी राखेर एउटा पहिचान नेपालीको पहिचान गराउने गरि अगाडि बढेको उनले बताए। काठमाण्डौमा असोज ८ र ९ गते हुने प्रतियोगितामा प्रशिक्षण सहयोगी हुने बताए। प्रतियोगितामा प्रथम हुने प्रदेशलाई १ लाख रुपैया नगदसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। दोस्रो २५ हजार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । फ्रान्सबाट शुरु भएको यो खेलमा करातेजस्तै विभिन्न हाउभाउसहित हात र खुट्टा चलाएर खेलिने बताए।

प्रशिक्षक राजकुमार पाण्डेले एक हप्ताभर देशका सात प्रदेशका प्रशिक्षकहरु बिच खेलबारे ब्यवहारिक सिकाई भएको बताए। लुम्बिनी प्रदेश ईन्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताईन। आत्मरक्षा हुँदै अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेलको विकासमा संगठनात्मक रुपमा अघि बढेको बताए। कार्यक्रममा संघका केन्द्रीय संघका वरिष्ठ उपाध्यक्ष बद्रिदेव वाईवा, जिल्ला अध्यक्ष कृष्ण थापा, समाजसेवी रत्नहरि गौतमले मार्शल आर्टको क्रेजलाई बढाउन महत्वपुुर्ण हुने बताए।

जिल्ला खेलकुद विकास समितिको हलमा मंगलबारदेखि शुरु भएको प्रशिक्षण कार्यक्रममा सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षक सहभागी भएका थिए। प्रशिक्षण तालिममा केन्पोका प्रशिक्षक रमेश निरौला, राजकुमार पाण्डे र प्रशिक्षक राजिवसिह क्षेत्रीले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा खेलाडीहरुले खुकुरी, काता प्रस्तुती गरेका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन