ताजा अपडेट »

बुटवलमा मनाइयो गाइजात्रा

सोमबार, ०७ भदौ २०७८, १९ : ४५
4 Shares

बुटवल । नेवार समुदायले मनाउने पर्व गाईजात्रा निकै पुरानो पर्वको रुपमा हेरिन्छ । यो पर्व लाइ नेवारीमा ‘साँपारु’ पनि भनिन्छ । "सा" को अर्थ गाई र "पारू" को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ। पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ। वर्षभरि ज्यान गुमाएका दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाईजात्रा "साँपारु" पर्व मनाईंन्छ ।

साँपारु पर्व धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । आज बुटवलमा समेत आज दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै गाइजात्रा निकालिएको थियो । हरेक वर्ष जस्तै बुटवल १ मा रहेको निमचौकमा मृतक आफन्तको फोटो समावेश गर्ने हरुको लाम नै देखिन्थ्यो । नेवाः पुच बुटवलले सोहि स्थानबाट बिगतमा जस्तै जात्रामा हिडेका बासास् जोगी र अन्य व्यक्तिहरुलाइ प्रसाद तथा पिउने पानी वितरण गरेको थियो । नेवा: पुच बुटवलका पुर्व अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा न १ वडा सदस्य ज्ञानु लिगलले यस वर्ष कोभिड रोग लगायत विभिन्न कारणबाट दिवांगत भएका ६७ जनाको तस्बिर निमचौकमा राखिएको बताए ।

मृतकको घरबाट निकालिएको जात्रालाइ नगर परिक्रमा गरि पुरानो बटौली स्थित जल बिनायक मन्दिर परिसरबाट घुमाउने चलन रहेको लिगलले बताए । यस वर्ष पहिलोपटक उपत्यका भन्दा बहिरका नेवार समुदायका कर्मचारीहरुका लाई भन्दै राज्यले सार्वजनिक विदा घोषणा समेत गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।