ताजा अपडेट »

जनतालाई निराश पार्दैनौं : मुख्यमन्त्री केसी

सोमबार, ०७ भदौ २०७८, १८ : ३९
4 Shares

बुटवल । लु्म्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनतालाई निराश हुन नदिने बताएका छन् । सोमबार विश्वासको मत पाएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै जनजीविका र स्वास्थ्य क्षेत्रको सुधारको लागि कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । केसीले गठबन्धन सरकार ३ वर्षको अनुभवकै आधारमा सरकार सञ्चालन गर्ने प्रतिक्रिया दिदै आत्मनिर्भर लुम्बिनीवासी बनाउने कार्यमा आफुहरु तल्लीन हुने विश्वास व्यक्त गरे ।

उनले गठबन्धनले दुख कष्टकका साथमा केन्द्र देखी प्रदेशसम्म राजनीतिको नेतृत्व गरेको उल्लेख गर्दै संविधान र संघियता कार्यान्यवन, लोकतन्त्र रक्षाको लागि महतवपूर्ण भुमीका निर्वाह गर्ने बताए । एमालेको लगातार बिरोधको सन्दर्भमा उनले गठबन्धनका दलहरु प्रतिपक्षमा बसेपनि निरन्तर सहयोग गरेको कुरा नबिर्सन आग्रह गरेका छन् । उनले संविधान एवं संसदीय प्रणाली अनुसार चल्न सुझाब दिँदै आवेगात्मक नहुन सुझाब दिए।

यसैबीच, मुख्यमन्त्री केसीले विश्वासको मत प्राप्त गरेका छन् । केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका थिए ।

प्रतिपक्षी दलको सहभागिता बिनानै सञ्चालन भएको बैठकमा ४२ मत पक्षमा खसेको छ । प्रतिपक्ष दल बिनानै बसेको बैठकमा विश्वासको विपक्षमा कुनै पनि मत खसेन । नेकपा माओवादी, नेपाली काँग्रेस तथा जनता समाजवादी पार्टी (जसपा) गठबन्धनमा बनेको सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद तारा जिसी प्रतिपक्षको कुर्सीमा बसेकी थिइन् । जिसीले सरकारलाई विश्वासको पक्षमा मतदान गरेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।