ताजा अपडेट »

लुम्बिनी प्रदेशसभा: प्रतिपक्ष नै सहभागि नभएको बैठकबाट सरकारलाई विश्वासको मत

सोमबार, ०७ भदौ २०७८, १७ : १४
10 Shares

बुटवल । लुम्बिनी प्रदेशसका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभाको ९ औं अधिवेशनको पाँचौ बैठकमा केसीले विश्वासको मत प्राप्त गरेका ।

मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका थिए । प्रतिपक्षी दलको सहभागिता बिनानै सञ्चालन भएको बैठकमा ४२ मत पक्षमा खसेको छ । प्रतिपक्ष दल बिनानै बसेको बैठकमा विश्वासको विपक्षमा कुनै पनि मत खसेन । नेकपा माओवादी, नेपाली काँग्रेस तथा जनता समाजवादी पार्टी (जसपा) गठबन्धनमा बनेको सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद तारा जिसी प्रतिपक्षको कुर्सीमा बसेकी थिइन् । जिसीले सरकारलाई विश्वासको पक्षमा मतदान गरेकी छन् ।

सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिती बिनानै बैठक सञ्चालन गरेका हुन् । सोमबार आज दिउसो साढे एक बजे बसेको बैठकमा एमाले सांसदहरुको विरोधपछि स्थगित बैठक दिउसो साढे २ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलले सहभागिता नजनाए पनि संसद सुचारु भयो । उक्त बैठकमा दुई वटा कार्यसूचिमाथि कारबाही गर्दै स्थगित गरिएको बैठक पुनः दिउसो साढे ३ बजेका लागि बोलाइएको थियो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने कार्यसूचिसहित सुरु भएको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले सहभागिता नजनाए पनि सभामुखले संसदको कारबाहीलाई अघि बढाएर सरकारलाई विश्वासको मत प्राप्त भएको छ । ३८ जना सांसदसहितको प्रतिपक्षी दल नेकपा एमालले मन्त्री बनेका अजय शाही र विमला ओलीलाई संसदबाट हटाउनु पर्ने मागसहित बैठकमा सहभागी भएनन् । लुम्बिनी प्रदेशमा सभामुखसहित ८० जना सदस्य रहेका छन् । बैठकमा उपसभामुख कृष्णी थारुले मतदान प्रक्रियामा सहभागिता जनाएकाे थिइनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।