ताजा अपडेट »

प्रतिपक्ष दल बिनानै लुम्बिनी प्रदेशसभा सञ्चालन, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

सोमबार, ०७ भदौ २०७८, १६ : १९
12 Shares
सोमबार, ०७ भदौ २०७८
12 Shares

बुटवल । लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी दलको उपस्थिती बिनानै सञ्चालन गरिएको छ । सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिती बिनानै बैठक सञ्चालन गरेका हुन् ।

सोमबार आज दिउसो साढे एक बजे बसेको बैठकमा एमाले सांसदहरुको विरोधपछि स्थगित बैठक स्थगन गरी दिउसो साढे २ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलले सहभागिता नजनाए पनि संसद सुचारु भयो । उक्त बैठकमा दुई वटा कार्यसूचिमाथि कारबाही गर्दै स्थगित गरिएको बैठक पुनः दिउसो साढे ३ बजेका लागि बोलाइएको थियो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने कार्यसूचिसहित सुरु भएको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले सहभागिता नजनाए पनि सभामुखले संसदको कारबाहीलाई अघि बढाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।