ताजा अपडेट »

ओलीसँग निर्णायक वार्ताको लागि नेपालको साथ छाडेका नेताहरु बालकोटमा

सोमबार, ०७ भदौ २०७८, ११ : ४६
4 Shares

काठमाडौँ । पार्टी विभाजनमा माधव नेपालको पक्षमा नखुली बसेका नेकपा एमाले तेस्रो धारका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ताको तयारीमा जुटेका छन् ।

सोमबार बिहान एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत नेताहरू १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न अध्यक्ष ओली निवास बालकोट पुगेका हुन् । 

यसअघि नै उनीहरुले एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यन्वयन गर्न मंगलबारसम्म अध्यक्ष अ‍ोलीलाई अल्टिमेटम दिएका छन् । तर, ओलीले उनीहरूको माग र अडानमा खासै चासो नदिएकाे पाइएकाे छ । 

पार्टी अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका माधव नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिया सुरु गरेपछि मध्यमार्गीका रूपमा ५७ नेता बाहिर बसेका थिए।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।