ताजा अपडेट »

मानुषी लघुवित्तको आईपिओ बाँडफाँट

सोमबार, ०७ भदौ २०७८, ११ : ०१
2 Shares

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले गरेको गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन्।  आवेदक मध्ये १.५३ प्रतिशतले मात्रै सेयर हात परेका छन्। ९८.४७ प्रतिशत आवेदकको हात खाली भएको छ।

लघुवित्तले एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५४६९ कित्ता सेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको थियो भने ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँकी रहने गरी ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

हाल लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ मात्रै रहेको छ । आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।