ताजा अपडेट »

उडिनेसले युभेन्टसलाई बराबरीमा रोक्यो

सोमबार, ०७ भदौ २०७८, ०६ : ५५

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।गएराती सम्पन्न खेलमा युभेन्टसलाई उडिनेसले २-२ गोलको बराबरीमा रोकेको हो ।पहलो हाफमा २-० ले अगाडी रहेको युभेन्टसले दोस्रो हाफमा दुई गोल खाएको थियो । 

खेलको अन्तिम मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि रेफ्रीले अफसाइड दिएपछि युभेन्टस जितबाट चुकेको थियो । यस खेलमा रोनाल्डो खेलको ५९औ मिनेटमा सबस्टिच्युटको रुपमा मैदानमा छिरेका थिए ।युभेन्टसका लागि खेलको तेस्रो मिनेटमा पाउलो डिबालाले गोलप गरेका थिए भने खेलको २३औ मिनेटमा जुआन कुआड्राडोले गोल गरेका थिए ।

त्यस्तै उडिनेसका लागि खेलको ५१औ मिनेटमा पेनाल्टीबाट रोबेर्टो पेरेय्राले गोल गरेका थिए भने खेलको ८३औ मिनेटमा जेरार्ड डेउलोफेउले गोल गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।