ताजा अपडेट »

कम्बोडियाका बालबालिका जलवायु परिवर्तनबाट धेरै प्रभावित हुने दाबी

सोमबार, ०७ भदौ २०७८, ०६ : ५०
4 Shares

नोमपेन । कम्बोडियाका बालबालिका जलवायु परिवर्तनका कारण उत्पन्न हुने असरको उच्च जोखिममा रहेको पाइएको छ । विषेश गरेर उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षालगायतका विषयमा उनीहरूलाई हानी हुनसक्ने संयुक्त राष्ट्रसङ्घीय निकायले चिन्ता व्यक्त गरेको हो । 

कम्बोडियामा आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)का अधिकारीहरूले विश्वभरीको तथ्याङ्क हेर्दा कम्बोडिया पनि उच्च जोखिममा रहेको जानकारी दिएका हुन् । जलवायु परिवर्तनले बाल अधिकारमा पार्नसक्ने असरसम्बन्धी अध्ययन प्रतिवेदनमा कम्बोडिया उच्च जोखिमको ४६औँ अग्रस्थानमा रहेको युनिसेफका प्रतिनिधिहरूले उल्लेख गरेका छन् । 

उनीहरूका अनुसार प्रतिवेदनमा १६३ देश तथा क्षेत्रहरूको अध्ययन विवरण समावेश गरिएको छ । कम्बोडियाका बालबालिकामा पानी, वायु, माटोलगायत मार्फत हुने असरको खतरा खढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बालबालिका उच्च जोखिममा रहे पनि जोखिम न्यूनीकरण गर्नका लागि अपनाउनु पर्ने उपाय तथा कामहरूका लागि पर्याप्त लगानी भने नभएको उनीहरूले जनाएका छन् । जोखिम कम गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, जनचेतना, सरसफाइ, पोषण, सामाजिक सुरक्षालगायतका क्षेत्रमा लगानी पर्नुपर्ने विज्ञहरूको भनाइ छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।