ताजा अपडेट »

लायन्स क्लब अफ बुटवल सिद्धार्थद्वारा ‘एक घर एक कागती’अभियान

आइतबार, ०६ भदौ २०७८, १५ : ४२
10 Shares

बुटवल । लायन्स क्लब अफ बुुटवल सिद्धार्थको दोश्रो बोर्ड बैठक तथा जनरल बैठक सम्पन्न भएको छ । बैठकले बिभीन्न समाजिक कामहरुको समेत लिपीपद्ध गरेर वर्ष २०२१/२२ लाई सामाजिक काममा नमुुना क्लबको रुपमा बिकास गर्ने लायन भोजराज पोखे्रलले बताए ।

सोही अन्तर्गत क्लबका सदस्यहरुले एक घर एक कागती अभियान संचालन गर्दा बजारमा कागती किन्न नपर्ने भन्दै बिभिन्न ठाँउमा बृक्षारोपण गरेर संरक्षण नहुुनुु भन्दा उपयोगी कागती लगाउन सबैमा आग्रह गरे । सो बैठकमा लायन चाटर्ड प्रेसीडेन्ट श्रीकान्त सुुबेदीले सामाजीक कामको अभियानमा बुुटवल सिद्धार्थले आफ्नो कार्यकालमा कोभिडका बिचमा पनि बिभिन्न सामाजीक कार्य गर्न सफल रहेको बताउँदै सबै सहयोगीलाई धनयबाद दिए । क्लबले हुुने खानेले हुुंदा खानेलाई सहयोग गर्ने नै उद्धेश्य लिएर हामी सेवा गछौ भन्ने भाबना नै लायन्सको अभीयान रहेको समेत बताए ।

यस क्लबले आउदो भाद्र १२ गते रक्त संञ्चार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना सचीब राजु भारीको संयोजकत्वमा गर्ने निर्णय गरेको छ ।
बिगत एक महिनामा अनाथ आश्रममा क्लबले भोजन दानका कार्यक्रम समेत सम्पन्न गरीसकेको र आगामी दिनमा बिभीन्न सहयोगका कार्यक्रम गर्ने अभियानमा लागेको जनाएको छ । लायन्स क्लब अफ सिद्धार्थले सुर्यपुरामा एक अर्को क्लब स्पोन्सर गरेर समाजिक काममा हातेमालो गर्नलाई अभियान समेत चालेको र सो निर्णय बैठकमा पास भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।