ताजा अपडेट »

घट्यो सुनचाँदीको मूल्य

आइतबार, ०६ भदौ २०७८, ११ : २५
2 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर १ हजार १८० रुपैयाँमा कारोबार भैरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।