९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

भादगाउँ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व  र नेवार समुदायले गुन्हुपुन्ही पर्व  धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । 

Advertisement

नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ रहन गएको इतिहासविद्को भनाइ छ । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरि गेडागुडीको मिश्रण क्वाँटी खाने प्रचलन छ ।

यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा पनि क्वाँटी खाने प्रचलन चलेको बताइएको छ । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरि गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । रोपाइँ र धानखेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।

“खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उनले भने । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस, आर्य समुदायले जस्तै रक्षासूत्र डोरो बाँध्ने प्रचलन रहेको छ । नेवार समुदायले भने पञ्चतत्वसहितको डोरो बाँध्ने प्रचलन छ । यसले भुत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशत क्षेत्री, बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताए ।

भ्यागुताको पूजा गरी भोजन खुवाउँदै
गुन्हुपुन्हीका अवसरमा आज नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको पूजा गरी भात र क्वाँती खुवाउँदैछन् । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु-याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषक प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् । 

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु किरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत–खेतमा गई किसानले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । यसलाई स्थानीय भाषामा ‘व्याँचा जाः नक वानेगु’ भनिन्छ ।

“मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उनले भने । रोपाइँका समयमा कृषकले आ–आफ्नो खेत खन्दा मरेका किरा, फट्याङ्ग्रा र भ्यागुतालाई मारेको दोष निवारण गर्न र पापमोचन गर्नका लागि पनि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको उनको भनाइ छ । 

भक्तपुरका विभिन्न कुण्डमा मेला 
यसै अवसरमा जिल्लाका विभिन्न गुण्डमा मेला लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः(कालदह)मा बिहानैदेखि भक्तजनले स्नान गरिरहेका छन् । गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरुको विशेष मेला लाग्दछ । आजको दिन परम्परागत वेषभूषामा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको बताइएको छ । आज कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुहरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले जानकारी दिए ।

लोककथनअनुसार महादेवले कालकुट विष सेवन गरेपछि छट्पटिएर गोसाइँकुण्ड जाने क्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासका आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले  जानकारी दिए  । उनले भने, “गोसाइँकुण्ड जान नसक्ने भक्तजनले यो कुण्डमा स्नान गरे गोसाइँकुण्डमा स्नान गरेसरह नै पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।”

त्यसैगरी गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह)मा पनि बिहानैदेखि  भक्तजनले स्नान गरिरहेका छन् । सो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवारस्क्वायरस्थित शिलु महादेव (फसी देगः)को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । आजको दिन कालदहमा स्नान गरी महादेवको पूजाअर्चना गरे सुख, शान्ति र पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यतासमेत रहेको छ । स्नानपछि भक्तजनहरू जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन