१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

Advertisement

एक जमानामा बम्बईको मन्जगाउ डाकमा शेर खाँ पठान नामका गुन्डा कुल्लीहरुसँग हप्ता असुली गर्थे । हप्ता असुली गर्न नमान्नेहरुलाई उनका केटाहरूले नराम्रोसँग पिट्थे । डाकमा काम गरिरहेका हाजी मस्तानले यो दृश्य दैनिक देख्थे । एउटा बाहिरी व्यक्तिले डाकभित्र छिरेर केवल आफ्नो ताकतको बलमा कसरी मानिसहरूसँग पैसा असुल्न सक्छन् भनेर उनले बुझिरहेका थिएनन् ।

हाजी मस्तानले शेर खाँसँग भिड्ने योजना बनाए । अर्को शुक्रबार जब शेर खाँ आफ्ना गुन्डाहरुसँग मिलेर हप्ता असुल्न आए, तब कुल्लीहरुको लामो लाइनमा १० जना गायब थिए । उनले केही बुझ्न पाउनुअघि नै हाजी र उनका १० साथीहरूले शेर खाँ र उनका केटाहरूमाथि हमला गरे ।

शेर खाँका केटाहरुले हतियार र चक्कु बोकेको भए पनि हाजी र उनका चार साथीहरूसँग केही जोर चलेन । र, शेर खाँ ज्यान जोगाउनका लागि त्यहाँबाट भागे ।यस घटनाले हाजी मस्तानलाई केवल कुल्लीहरूको नेता मात्रै बनाएन, बरु यहाँबाट ‘मस्तान लिजेन्ड’ सुरु भयो । यस दृश्यलाई १९७५ मा रिलिज भएको दिवार फिल्ममा यस चोपडाले देखाएका छन्, जहाँ अमिताभ बच्चनले हाजीको चरित्र हुबहु उतारेका छन् ।

भर्खरै प्रकाशित आफ्नो आत्मकथामा पत्रकार वीर सांघवीले लेखेका छन्, ‘दिवार फिल्ममा अमिताभ बच्चनको चरित्र मोटो रूपमा हाजी मस्तानको जिन्दगीमा आधारित थियो । उनले मलाई बताएका थिए कि केवल ७८६ नम्बरको बिल्लाको कहानी मात्रै सही थिएन ।’

सांघवी भन्छन्, ‘हाजीले केही समयपछि हास्य अभिनेता मुकरीद्वारा उनको जीवनबारे बनाइएको फिल्ममा पनि अभिनय गरेका थिए । यस फिल्ममा उनको जिन्दगीको ग्लयामराईज पक्षलाई चित्रित गरिएको थियो । फिल्ममा हाजीले आफ्नो खुइलिँदै गएको तालुलाई छोप्नका लागि नक्कली कालो कपाल लगाएका थिए ।’

 करिम लाला र वर्दराज मुदालियारसँग हाजी मिले

मुम्बईजस्तो सहरमा ताकतवर बन्नका लागि केवल पैसा मात्रै जरुरी हुन्न भन्ने हाजीले पहिल्यै महसुस गरेका थिए । मुम्बई अन्डरवर्ल्डबारेको प्रसिद्ध किताब ‘डोन्गरी टु मुम्बई सिक्स डिकेड्स अफ द मुम्बई माफिया’ मा एस. हुसैन जैदीले लेखेका छन्,‘हाजीलाई मुम्बईमा आफ्नो नियन्त्रण कायम राख्नका लागि मसल पावर जरुरी थियो । यसको खोजीमा नै उनले सहरका दुई प्रख्यात डन करिम लाल र वर्दराज मुदालियारसँग हात मिलाए ।’

वर्ष १९५६ मा दमनका डन सुकुर नारायण बखियाको सम्पर्कमा हाजी मस्तान आए । चाडै नै उनीहरू दुबै जना पार्टनर बने र उनीहरूले केही क्षेत्र आपसमा बाँडे । बम्बई बन्दरगाह हाजीको इलाका थियो भने दमन बन्दरगाह बखियाको इलाका बन्यो ।

हुसैन जैदी लेख्छन्,‘दुबईबाट ल्याइएको तस्करीको सामान दमनमा उत्रने गरेको थियो । जबकि अदनबाट ल्याइएको सामान बम्बईमा उतार्ने गरिन्थ्यो । बखियाको सामानको निगरानीको जिम्मा हाजीको हुन्थ्यो ।’

हाजी मस्तान

युसुफ पटेललाई मार्नका लागि सुपारी

वार्डेन रोड र पेडर रोडबीचको सोफिया कलेज लेनमा एक बङ्गलामा हाजी बस्न थालेका थिए । ‘म वर्ष १९७९ मा हाजी हाजीको अन्तर्वार्ता लिन गएको थिएँ । उनको गार्डेनमा एक पुरानो ट्रक खडा थियो । मानिसहरू भन्थे, यो ट्रक हाजीले आफ्नो पहिलो मालसामान डेलिभरीका लागि प्रयोग गरेको ट्रक थियो । मैले एकपटक हाजीसँग यस कहानीबारे सोधेँ, तर उनले यसको खण्डन गरे । यदि, उनको साटो अरू कोही हुन्थ्यो भने खण्डन गर्दैन थियो होला ।’

वीर सांघवीले बम्बई अन्डरवर्ल्डका एक अर्का व्यक्ति युसुफ पटेलसँगको भेटका विषयमा पनि उल्लेख गरेका छन् । पटेलले उक्त भेटमा सांघवीसँग भनेका थिए, ‘हाजी मस्तानले मलाई मार्नका लागि करिम लालालाई सुपारी दिएका थिए । यतिबेला म सडकमा हिंडिरहेको थिएँ र दुई मानिसहरूले गोली हाने । म मरेँ भन्ने ठानेर उनीहरू भागे । तर म मरेको थिइनँ । अस्पतालमा लगियो र बाँचे ।’

करिम लाला

हत्या आरोपमा हाजी मस्तान र करिम लालाको गिरफ्तारी

यस घटनाको उल्लेख हुसैन जैदीले पनि आफ्नो किताबमा गरेका छन् । ‘मुम्बई माफियाको इतिहासमा पहिलो सुपारी हाजी मस्तानले वर्ष १९६९ मा १० हजार रुपैयाँमा आफुसँग काम गरिसकेका युसुफ पटेललाई मार्न  दिएका थिए । यो काम करिम लालले पस्तुन मूलका दुई गुन्डाहरुलाई सुम्पिएका थिए । उनीहरूले पटेलमाथि हमला गर्नका लागि मिनारा मस्जिद नजिकको स्थान चुनेका थिए । यी दुबैले रमजानको महिनामा युसुफ  पटेलमाथि मस्जिद नजिकैको भीड भएको इलाकामा गोली चलाए । पटेल जमिनमा गिरे र उनका अंगरक्षकले उनलाई बचाउनका लागि छलाङ लगाए । हत्याराहरूले भाग्ने कोसिस गरे, तर त्यहाँ उपस्थित भीडले उनीहरूलाई पक्रेर पुलिसलाई बुझाइदियो । युसुफ पटेलको पाखुरामा दुई गोली लाग्यो, तर उनका अङ्गरक्षक मारिए । यो २२ नोभेम्बर १९६९ को दिन थियो । यस घटना पुलिसले हाजी मस्तान, करिम लाला र अन्य ११ मानिसहरूलाई पक्राउ गर्‍यो ।’

हाजी मस्तान र युसुफ पटेलबीच सहमति

वीर सांघवीले जब हाजी मस्तानलाई यस घटनाका विषय सोधे, तब उनले स्वीकार गरे कि यो साँचो हो । सांघवीले लेखे,‘मस्तानले मलाई बताए कि युसुफले एक मामिलामा उनलाई धोका दिए । हाजी मस्तानलाई धोका दिएर कोही पनि जिउँदो रहन सक्दैन थियो । जब मलाई पटेल मर्‍यो भनियो, तब निकै सन्तोष लाग्यो । तर, यसपछि मलाई थाहा भयो कि युसुफ पटेल बाँचेका छन्, त्यसपछि यसलाई मैले एक ईश्वरीय संकेतका रूपमा लिए । यदि अल्लाह अहिल्यै युसुफ मरोस् भन्ने चाहदैनन् भने उनको इच्छालाई सम्मान गर्नुपर्छ । केही दिनपछि हाजी मस्तान र युसुफ पटेल फेरि साथी बने ।’

रुखसाना सुल्तान र हाजी मस्तानको भेट

हाजी मस्तान हमेशा सेतो कपडा लगाउँथे । यसले उनको व्यक्तित्वमा निखार आउँछ भने उनका साथीहरूलाई लागेको थियो । ‘मलाई एकपटक अभिनेत्री अमृता सिंहकी आमा रुखसाना सुल्तानले हाजी मस्तानसँगको उनको पहिलो भेटबारेको किस्सा सुनाएकी थिइन् । उनलाई क्यामी साबुन प्रयोग गर्ने बानी थियो, त्यतिबेला भारतीय बजारमा यो साबुन पाइँदैन थियो । उनले तस्करहरूसँग यस्तो साबुन किन्ने गरेकी थिइन्,’ सांघवीले लेखेका छन्,‘एकपटक उनले मुम्बईको एक भिडभाडयुक्त बजारमा आफ्नो गाडी पार्क गरिन् र साबुन किन्नका लागि अघि बढिन् । उनले कहीँ पनि साबुन भेटिनन् । सबैले यस साबुनको आपूर्ति आजभोलि हुँदैन भन्ने जवाफ दिए ।

जब उनी आफ्नो कार भएको ठाउँ फिर्ता भइन्, तब कार अगाडि मानिसहरूको भिड लागेको देखिन् । जब उनी कार नजिक गइन्, तब उनको कारको पछिल्लो सिटको एक हिस्सामा क्यामी ब्रान्डका सयौँ साबुनहरू देखिन् । उनको कार सामुन्ने सेतो कपडा लगाएका एक व्यक्ति खडा थिए । उनी पहिले मुस्कुराए, र त्यसपछि आफ्नो परिचय दिँदै भने – मलाई मानिसहरू हाजी मस्तान भन्छन् ।

 आम मानिसबीच वर्दराजन मुदालियारको प्रवेश

जुन समय हाजी मस्तान बम्बईको अन्डरवर्ल्डमा आफ्नो कदम जमाउने कोसिस गरिरहेका थिए, अर्का एक कुल्ली वर्दराजन मुदालियार भिक्टोरिया टर्मिनस स्टेसनमा आफ्नो जीविका चलाउने काममा थिए । मुदालियरको जन्म तमिलनाडुको भेल्लोर सहरमा भएको थियो । उनले आफ्नो शिक्षा पूरा गर्न सकेका थिएनन्, तर उनी आफ्नो परिवारका एक्लो सदस्य थिए, जसले अङ्ग्रेजी र तमिल लेख्न र पढ्न सक्थ्यो ।

मुम्बईका जानेमाने क्राइम रिपोर्टर प्रदीप शिन्देलाई लागेको थियो : स्थानीय प्रशासनको दाँजोमा आम मानिसलाई बम्बईको नागरिक बनाउन, उनीहरूलाई राशन कार्ड, गैर कानुनी बिजुली र पानी उपलब्ध गराउन वर्दाका मानिसहरू निकै तेज छन् र उसको ताकतको रहस्य पनि यही थियो । ‘उनको ताकत यति धेरै थियो कि सर्वसाधारणहरू आँखा ठड्याएर उनका लागि काम गर्थे । तमिलनाडुबाट आउने सबै मानिसहरूको मद्दतका लागि वर्दराजनले आफ्ना दुई सबैभन्दा विश्वसनीय मानिसलाई राखेका थिए, थोमस कुरियन उर्फ खाजा भाइ र मोदिर सिंह विग, जसको अर्को नाम थियो बडा सोमा ।’

हाजी मस्तान र वर्दराजन मुदालियारको भेट

हाजी मस्तान र वर्दराजन मुदालियार दुबै तमिलनाडुबाट थिए । ‘एकपटक वर्दालाई पुलिसले एन्टेना चोरेको आरोपमा भन्सारबाट पक्राउ गरेको थियो । पुलिसले उसलाई एन्टेना राखिएको ठाउँको जानकारी दिन, नभए उनीविरुद्ध हदैसम्मको कडा कानुन आकर्षित हुने जनाएको थियो,’ हुसैन जैदीले पुरानो किस्सा सुनाए,‘ उनी के गर्ने भनेर सोचिरहेका थिए । त्यही समय हातमा ५ सय ५५ चुरोट बोकेको एक व्यक्ति उनीसामु भयो र उनलाई तमिलमा भन्यो :  वणक्कम थलइवार । यो सुनेर वर्दा हड्बढाए । थलाइवार शब्द तमिलमा मुखियाका लागि प्रयोग गरिन्छ । यस्तो सम्मा वर्दले कहिल्यै पाएको थिएन र त्यो सम्मान दिने व्यक्ति हाजी मस्तान दिए ।’

हुसैनले भने,‘ मस्तानले वर्दराजनसँग एन्टेना फिर्ता गर्न भने । उनले त्यसभन्दा धेरै पैसा कमाउने सुनिश्चितता आफुले गरिदिने बताए । सुरुवातमा त वर्दराजन मानेनन् । तर पछि सहमत भएन ।’

यो दृश्य नियालेका पुलिसहरू कसरी एउटा पालिस लगाएको जुत्ता लगाउने सफाचट व्यक्तिले लुङ्गी र चप्पल लगाएको अर्को एक व्यक्तिसँग हात मिलाएको थियो भनेर कहिल्यै बिर्सदैनन् ।

हाजी, करिम लाला र वर्दाको गठजोड

जेलबाट निस्किएपछि हाजीले वर्दालाई आफ्नो काममा प्रयोग गर्न थाले । वर्दराजनले मानिसहरूको नाडी मज्जाले छामेका थिए । उनी मानिसका समस्या सुन्नका लागि सधैँ आफ्नो घरमा हुन्थे, धार्मिक व्यक्ति भएकाले उनले माटुंगा स्टेसनबाहिर गणेश पन्डामा धेरै पैसा पनि खर्च गरे । वर्दामा आधारित रहेर नायकन, दयावन, अग्नीपथजस्ता फिल्म बने । अग्निपथमा अमिताभ बच्चनले वर्दाको आवाज नक्कल गर्दै गरेको देखिन्छ ।

यता हाजीको साम्राज्य पनि तेजसँग फैलिरहेको थियो, ‘हाजीले विदेशीलाई पठाउने चाँदीको निकै शुद्ध हुन्थ्यो, यसले ‘मस्तानको चाँदी’ ब्रान्ड नै पाएको थियो । हाजीले एक आलिसान बङ्गला र धेरै ठूला कारहरू किने । उनले मद्रासकी सबिहा बीसँग बिहे गरे र तीन छोरीहरूको जन्म भयो : कमरुन्निसा, महरुन्निसा र शमशाद । ‘७० को दशक आउँदै गर्दा दक्षिण र पश्चिम बम्बईमा हाजी मस्तान, मध्य बम्बईमा वर्दराजन मुदालियार र करिम लालाको मसल पावरले एक जबरजस्त गठजोड पैदा गरेको थियो,’ हुसैन जैदीले लेखे ।

बीचबाटोमै ग्याङवार

 हाजी मस्तानलाई पहिले १९७४ र फेरि १९७५ मा सङ्कटकालका दौरान गिरफ्तार गरिएको थियो । जेलबाट छुटेपछि हाजीले तस्करी छोडेर आफूलाई जग्गा कारोबारमा लगाए । यता, मुम्बई पुलिसका अफिसर यादवराव पवारले वर्दराजनलाई मुम्बईबाट भगाउने जिम्मा पाए । उनी त्यसमा सफल पनि भए । वर्दराजन अन्त्यमा मुम्बई छाडेर मद्रास आए । त्यहाँ केही वर्षपछि उनको मृत्यु भयो ।

८० को दशकमा आलमजेब–अमिरजादा र इब्राहिम परिवारबीच ग्याङवार सुरु भयो । हाजी मस्तानले यी दुई पक्षलाई मिलाउने कोसिस गरे । दाउद इब्राहिम र आलमजेबले कुरानमा हात राखेर फेरि झगडा नगर्ने कसम आएका थिए । तर भोलिपल्टै दिनदहाडै उनीहरूले मध्य सडकमा एकअर्काविरुद्ध गोली चलाउन थाले ।

हाजी मस्तानले दिएका वाचाको कुनै मतलब थिएन । यतिबेला हाजीको शक्ति गिर्दो थियो । यसपछि दाउद इब्राहिम भारत छाडेर दुबई लागेर र उनको यसपछिको कथा तपाईंहरुलाई थाहै होला ।

हाजी मस्तान 

निर्माण व्यवसायीको भूमिकामा डन

डनले प्रायः निर्माण व्यवसायीहरूसँग पैसा उठाइरहेका विषय फिल्ममा देखाइन्छ । तर वास्तविक जिन्दगीमा डन आफैँ निर्माण क्षेत्रमा सक्रिय हुन्थे । ‘हाजी र युसुफ पटेललाई घरजग्गा कारोबार तस्करीभन्दा धेरै फाइदाजनक छ भन्ने लागेको थियो र यो मजाक थिएन । यसको कारण बम्बई भाडा ऐन थियो । यस कानूनअन्तर्गत निजी सम्पत्तिलाई मजाक बनाइएको थियो, मालिक र भाडावालालाई एउटै भाँडोमा हालिएको थियो,’ वीर सांघवी लेख्छन्,‘ मानौँ, तपाईंसँग एक फ्लाइट छ । तपाईंले त्यसलाई भाडामा राख्नुभएको छ । यदि तपाई भाडावालाले फ्ल्याट खाली गरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले यो फ्ल्याट भाडावालाको दाँजोमा तपाईंलाई धेरै आवश्यक छ भनेर अदालतमा प्रमाणित गर्नुपर्ने हुन्छ । भाडावालाले आफूलाई अन्त जाने ठाउँ छैन भने सधैँ तर्क दिइरहेको हुन्थ्यो ।’

नतिजा मध्य मुम्बईको पतन सुरु हुन थाल्यो । घरधनीहरुले आफ्नो घरको मर्मत सम्भार गर्न छाडे । बाठा भाडावालाहरूले फ्ल्याटलाई टुक्र्याएर त्यसलाई फेरि भाडामा लगाउँथे । यही मौका अन्डरवर्ल्डले यस्ता घरहरु मालिकसँग सस्तो दाममा किन्ने गथ्र्यें ।

त्यसपछि भाडावालाहरुलाई फ्ल्याट छाड्न भनिन्थ्यो । जसले मान्दैन थियो, उसले ठूलो परिणाम व्यहार्नेुपर्थ्यो ।

डनको यस डरबाट भाडावालाहरूले फ्ल्याट खाली गर्थे र फेरि त्यहाँ नयाँ भवन बनाएर डनले उच्च मूल्यमा बेच्थे । यहीकारण रियल स्टेटको धन्दा अन्डरवर्ल्डका लागि तस्करीभन्दा आकर्षक भनेको थियो । ८० को दशकमा जब प्रहरीले यी डनहरूमाथि दबाब बनाउन सुरु गर्‍यो, तब धेरैजसो विदेशतर्फ लागे । त्यहाँ पनि उनीहरूले अन्डरवर्ल्डको काम छाडेनन् ।बीबीसी  हिन्दी

प्रतिकृया दिनुहोस्

Flash News

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य विश्व पशु दिवस : पशु संरक्षणमा चूनौती ज्याला नपाउँदा मजदुरले दसैँ मनाउन पाएनन् किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता लुम्बिनीको राप्तीसहित दशैंमा देशका केहि नदीमा बाढीको जोखिम भारतका तिब्रगतिका बलर बुमराह विश्वकप बाहिर