१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

काठमाडौ। स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु-याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ ।

Advertisement

बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।

विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन ?

रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन् । पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा दसैंको मुखमा नक्कली नोटको बिगबिगी रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ!