ताजा अपडेट »

मुसहर समुदायका ४० परिवारलाई बुहारीहरुको सहयोग

शनिबार, ०५ भदौ २०७८, २२ : १६
4 Shares

बुटवल । तीज पर्व नजिकिँदै छ । यस पर्वमा वा नजिकिँदै गर्दा माइती पक्ष तथा विभिन्न संघ-संस्थाले महिलाहरुका नाममा दर खुवाउने चलन छ । हाल महामारीका कारण भीड-भाड र पार्टी प्यालेसमा दर खाने तथा खुवाउने कार्यक्रम भएको छैन। तर,यही अवस्थामा बुहारीहरुले एउटा समुदायका विपन्न तथा गरिब परिवारलाई खाद्यान्न सहयोग गरेका छन्।

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले रुपन्देहीको कञ्चन गाउँपालिका–२, मटेरिया विजयनगरका विपन्न तथा लोपोन्मुख मुसहर समुदायका मजदुरी गरेर गुजारा गर्ने परिवारलाई खाद्यान्न सहयोग गरेको छ । समूहले शनिबार समुदायमै पुगेर ४० परिवारलाई खाद्यान्न सहयोग गरेको समूहकी संयोजक लता खड्काले बताइन्।

समूहको सक्रियता,नेपाल आयरल्याण्ड समाजको आर्थिक सहयोग र नेपाल विकास केन्द्रका अध्यक्ष माधव सापकोटाको समन्वयमा कोरोना महामारीबाट प्रभावित विपन्न तथा लोपोन्मुख मुसहर समुदायका मजदुरी गरेर गुजारा गर्ने परिवारलाई खाद्यान्न सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको सहयोगमा १० जना र्भवती,सुत्केरी र किशोरीहरुलाई मर्यादा किट (महिलाले प्रयोग गर्ने सामग्री युक्त) हस्तान्तरण गरको उनले जनाइन्।

समूहले एक समारोहका बीच उक्त सहयोग प्रदान गरेको हो । सो अवसरमा बोल्दै उनले गरिबीका कारण कोही भोकै बस्न नपरोस् भन्ने उद्देश्यले कोरोनाले रोजगारी गुमाई पीडामा परेका परिवारलाई करिब ८५ हजारको चामल, दाल, नुन, सोयाबिनयाबिन र करिब ५५ हजार मूल्य बराबरको मर्यादा कीट गरी एक लाख ३० हजार मूल्य बराबरको सहयोग गरेको जानकारी दिइन् ।

त्यसैगरी संस्थाकी सल्लाहकार तथा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले आँफै काम गरेर खाने वातावरणतर्फ लाग्नुपर्ने बताइन् । कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामुले गरिब विपन्न तथा लोपउन्मुख मुसहर बस्तीलाई आर्थिक हिसाबले बलियो हुने गरी पालिकाले प्रयास गरेको बताइन्।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका वडा नं २ का अध्यक्ष शेर बहादुर थारु, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका पोम नारायण पौडेल, आयोजक संस्था नवलपरासी शाखा संयोजक लक्ष्मी भुसाल, कपिलवस्तु शाखा संयोजक चन्दा अर्याल, जनप्रतिनिधि रेनु कुँवर लगाएतले आफ्ना भनाई राखेका थिए।

सहयोग हस्तान्तरण कार्यक्रम संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता , रूपन्देही जिल्ला शाखाकी ईन्दु भुसालको स्वागत मन्तव्य तथा रूपन्देही शाखा सचिव इन्द्र कुमारी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।