ताजा अपडेट »

रुपन्देही उद्योग संघद्वारा परिचयात्मक भेटघाट, आगामी असोज २३ मा अधिवेशन

शनिबार, ०५ भदौ २०७८, १५ : ३६
2 Shares

बुटवल । रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र सीमा सूरक्षा कार्यालय रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीसँग स्वागत तथा परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष बावुराम बोहोराको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उद्योगीहरुको समस्या समाधानमा आफू सदैब सकारात्मक रहेको बताए । ‘उद्योगीहरुका समस्या उद्योग भित्र मात्र होईन बाहिर पनि छन् ।’–तामाङले भने, ‘नविकरणदेखि उद्योग सञ्चानलसम्म र त्यसको बजारीकरणमा समेत भएका समस्या समाधानमा म सधै सकारात्मक छु ।’ कतिपय उद्योगका समस्या जटिल रहेको र ति समस्या समाधानका लागि चाहेर पनि आफूले केही गर्न नसक्ने अवस्थामा रहेको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी तामाङले आफू रुपन्देही आएको ४ महिनाको अवधीमा कोभिडको महामारीका कारण आम नागरीकका समस्यासंगै उद्योगीका समस्यालाई पहिचान गर्न सके पनि परिस्थीतीले उद्योगीहरुका समस्या समाधानका लागि प्रयाप्त ध्यान दिन सक्ने अवस्था नरहेको बताए । ‘उद्योगको सहज बातावरण बनाउन ६० बिगाह बढी जग्गामा सेज बनाईएको छ । सेजमा अहिले पनि ८ भन्दा बढी उद्योग स्थापना हुन सकेका छैनन् ।’–तामाङले भने ‘त्यसले पनि उद्योग ब्यवसायको बतावरण बन्न नसकेको हो की भन्ने देखिन्छ कोभिडको परिस्थीती सहज भएपनि त्यो समस्या हटेर जानेछ ।’

सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले सशस्त्र प्रहरी बल नागरीकको सुरक्षासंगै सहज औधोगीक वातावरणका लागि निरन्तर क्रियाशिल रहेको बताए । सीमा क्षेत्रमा हुने अवैध पैठारी र निकासीको नियन्त्रणसंगै उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको ढुवानीसम्म देखिने समस्या समाधानमा सहजीकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

संघका निवर्तमान अध्यक्ष गणेश अधिकारीले नेपालमा औद्योगीक वातावरण नभएको भन्दै ठूलो रोजगारी सिर्जना गरेका उद्योगीहरुले उद्योग सञ्चालन गर्नु अभिसाप ठान्नु पर्ने अवस्था आएको गुनासो गरे । संघका अध्यक्ष बावुराम बोहोराले संघको स्थापनाको उद्देश्य माथि प्रकाश पार्दै ४३ वर्ष अघि स्थापना भएको रुपन्देही उद्योग संघले राजधानी काठमाण्डौ बाहिर पहिलोपटक थालनी गरेको राष्ट्रिय औद्योगीक प्रर्दशनीले राष्ट्रिय रुप ग्रहण गरेको बताए । संघका महासचिव जिवकान्त काफ्लेको सन्चालनमा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेलको स्वागत तथा प्रथम उपाध्यक्ष दिलिप सापकोटाले धन्यवाद ज्ञापन गरेका थिए ।


संघको अधिवेशन असोज २३ मा
रुपन्देही उद्योग संघको ४३ औं साधारण सभा तथा २२ औ अधिवेशन आउँदो असोज २३ गते हुने भएको छ । संघको भैरहवामा सम्पन्न २२ औं नियमित बैठकले आउदो असोज २३ गते साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघको अधिवेशन सम्पन्न गर्नका लागि संघका कानूनी सल्लाहकार यमलाल खनाल संयोजक रहेको ३ सदस्यीय निर्वाचन समिती गठन गरेको संघका महासचिव जिवकान्त काफ्लेले बताए । निर्वाचन समितीका अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष वा प्रतिनीधी र नेपाल बार एशोसिएसन पुनरावेदन अदालत ईकाईका प्रतिनिधी रहनेछन् । यसै गरी संघको सदस्यता नबिकरणको समय भदौ २० गतेसम्म कायम रहेको र सम्पूर्ण सदस्यहरुलाई सदस्यता नबिकरणका लागि आव्हन गर्ने निर्णय भएको संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।