ताजा अपडेट »

महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने

शनिबार, ०५ भदौ २०७८, ०७ : ०५
8 Shares
शनिबार, ०५ भदौ २०७८
8 Shares

काठमाडौँ । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन्। आयोगले नयाँ दललाई मान्यता दिए आफूहरू सरकारमा जान सकारात्मक रहेको नेताहरूले बताएका छन्।

वरिष्ठ नेता शरत्सिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए। ‘माग र मुद्दाको आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ’, भण्डारीले भने, ‘यो सरकारलाई हामीले भोट (विश्वासको मत) पनि दिएका छौं। त्यसैले सरकारप्रति हाम्रो विश्वास छ।’

ठाकुर पक्षले यसअघि प्रस्ताव गरेको नयाँ पार्टीको नाम शुक्रबार परिवर्तन गरेको छ। नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखिएको छ। यसअघि ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) राखेको थियो। आफ्नो पार्टीको नामबाट नयाँ पार्टी दर्ता नगर्न आग्रह गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिहीबार निर्वाचन आयोग पुगेका थिए। पार्टी अध्यक्ष ठाकुरले पार्टीको नाममात्र परिवर्तन गरेका छैनन्, पार्टीको कार्यकारिणी समिति २४ सदस्यबाट बढाएर ३१ सदस्यीय बनाएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।