१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले विभेद रहित समाज निर्माणका लागि तलदेखि माथिसम्मको सरकारी संयन्त्रले प्रभावकारी काम गर्नुपर्ने बताएका छन । डिग्नीटी इनिसियटिभ र अम्बेडकर सोसियल फाउण्डेशन लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको कोरोनाले दलितलाई पारेको प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा दलित समुदाय सदियौंदेखि उत्पीडनमा परेको बताउँदै अझै सोचेजस्तो परिवर्तन हुन नसकेको बताए ।

Advertisement

मन्त्री खड्काले कोरोना महामारीले आर्थिक रुपमा विपन्न समुदायलाई ठूलो असर पारेको बताउँदै त्यसबाट प्रभावित नागरिकलाई मध्यनजर गरि सरकारले बजेटलाई संशोधन समेत गर्ने प्रतिबद्धता जनाए । उनले गठबन्धनको सरकारले यसअघिको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट संशोधन गर्ने बताए । त्यस्तै मन्त्री खड्काले दलित समुदायका लागि संविधानले अधिकार प्रदान गरेकाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा अम्बेडकर सोसल फाउण्डेशन लुम्बिनीका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले दलित समुदायमाथि कोरोनाले आर्थिक र सामाजिक दुवै रुपमा असर पारेको बताउँदै अब बजेट र निति कार्यक्रम मार्फत सम्बोधन गर्न आग्रह गरे । लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनीले कोरोना महामारीले विपन्न, दलित तथा सिमान्तकृत समुदायलाई नै असर पार्ने भन्दै फेरी पनि सरकारले तयारीलाई मजबुद बनाउने बेला आइसकेको बताए ।

उक्त अवसरमा कोभिड १९ ले दलित समुदायलाई पारेको असरबारे कार्यपत्र प्रस्तुत गर्दै लेखक तथा अनुसन्धानकर्ता जेवि विश्वकर्माले कोरोनाका कारण दलित समुदाय स्वास्थ्यसँगै आर्थिक, सामाजिक, शैक्षिक तथा विभेदबाट समेत प्रताडित भएकाले बिशेष प्याकेज मार्फत सम्बोधन गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एचवि रम्तेल, भगत सर्वजित प्रतिष्ठान नेपालका कार्यकारी अध्यक्ष जोगलाल विश्वकर्मा, संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्मा, दलित नेता ओमप्रकाश विश्वकर्मा, अधिकारकर्मी हरि बोमरेल, दलित महिला संघका मनु खड्का, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुपन्देहीका अध्यक्ष टंक सुनार, अधिकारकर्मी सावि विश्वकर्मा लगायतले बोल्दै दलित समुदायलाई कोरोनाले सामाजिक विभेदसँगै आर्थिक विभेद समेत थोपरेकाले सरकारले यता तर्फ ध्यानदिनुपर्नेमा जोड दिएका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु