ताजा अपडेट »

गुर्जोरोपण तिव्र

शुक्रबार, ०४ भदौ २०७८, १७ : ३७
4 Shares

काठमाडौँ । बागमती प्रदेश अन्तर्गतका जिल्ला सदरमुकाममा गुर्जोरोपण र यसबाट बनेको धुलो एवं चिया वितरण तीव्र भएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले सिन्धुपाल्चोक सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका, दोलखाको सदरमुकाम चरिकोट र काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा गरी करिब ७०० बिरुवा रोपिएको जानकारी दिनुभयो । गुर्जो रोपणलाई पछिल्लो समय जिल्ला सदरमुकाममा रहेका शिक्षालयमा रोप्ने अभियान तीव्र बनाइएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको जन जागृति माध्यमिक विद्यालय क्षेत्रमा करिब १०० बिरुवा रोपिएको छ । यसैगरी धुलिखेलस्थित सानो गोसाइँकुण्ड भनेर चिनिने नैमिषारण्य गुरुकुल परिसरमा ५० गुर्जोका बिरुवा रोपिएको छ । शिक्षालयलगायत ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा पनि गुर्जो रोपण गरिएको छ । चौतारा साँगाचोक गढी नगरपालिकाको साँगाचोकगढी एवं बच्छलादेवी मन्दिर परिसरमा पनि गुर्जो रोपण गरिएको छ । गुर्जो रोपणसँगै ती क्षेत्रमा गुर्जोको धुलो र चिया पति वितरण गरिएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।