१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७औँ स्थानमा छ ।

Advertisement

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ । त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटाँै, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १०औैँ स्थानमा रहेको छ ।

टेबलटेनिस खेलाडी छनोट

अखिल नेपाल टेबलटेनिस सङ्घले कतारमा आयोजना हुने २५औँ एशियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान तीन–तीन पुरुष/महिला खेलाडी छनोट गरिएको सङ्घका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए । पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौँका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए । वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेका छन् ।

त्यस्तै महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानिए । वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियङ्का राई छन् । छनोटमा समान नौ–नौ पुरुष/महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता दोहामा आगामी असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने