ताजा अपडेट »

बाल दिवसमा राउण्ड टेबलको सहयोगः

शनिबार, ३० भदौ २०७५, १७ : १७
6 Shares
अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर लुम्बिनी राउण्ड टेबल–१६ ले पशुपति शिक्षा मन्दिर गल्लामण्डी भैरहवामा ट्रफिक जागरण, स्टेस्नरी वितरण तथा डेण्टल सामाग्री वितरण कार्यक्रम सम्पन्नगरेको छ । यस कार्यक्रम बाट विद्यालयका करिब ४०० बिद्यार्थी लाभान्वीत भएका छन् । कार्यक्रमको संयोजन टेवलर अर्पित अग्रावलले गरेका थिए, त्यस कार्यक्रममा जि. ट्रा. प्र. का रुपन्देहीका प्र.ना.नि.पृथ्वी काफ्लेले ट्रफिक सुरक्षा सम्बन्धि जानकारी गराउनुभएको थियो भने विद्यालय प्राचार्य– अवधेश मिश्राले विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा टेवलर मोहित अग्रवाल, अर्पित अग्रवाल, मनिष गर्ग, प्रविन अग्रवाल, सौरव अग्रवाल, सन्दिप अग्रवाल, रोहित अग्रवाल, अभिरथ अग्रवाल, संचित अग्रवाल तथा विनय गोयलको उपस्थिती थियो । लुम्बिनी राउण्ड टेबल नेपालले यस्ता खालका कार्यक्रमहरु विगतमा पनि गर्दै आएको र आउने दिनमा पनि निरन्तरता दिने कुरा लुम्बिनी राउण्ड टेबल अध्यक्ष रोहीत अग्रवालले बताउनु भयो । baldiwas
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।