ताजा अपडेट »

लुम्बिनीका मेयर चौधरी जसपामा खुले

शुक्रबार, ०४ भदौ २०७८, ०९ : ३२
6 Shares

भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् ।महन्थ ठाकुर र राजेन्द्र महतो समूहका केन्द्रीय नेता समेत रहेको चौधरी स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उ्र्रम्मेदवारी दिएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टीले स्थानिय तहको निर्वाचन बहिष्कार गरे पछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

नेता चौधरी काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आयोजित जसपाको प्रथम केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए । दुई दिनसम्म चलेको बैठकको दोस्रो दिन उनी सहभागी भएका हुन् । बैठक भदौ १ र २ गते भएको हो ।

ग्लोबल आवाजसित कुरा गर्दै चौधरीले आफु उपेन्द्र यादव नेतृत्वकै पार्टीमा रहेको स्पष्ट पारेका छन् । उनले यस अघि पनि आफु जसपामै रहेकोले सोही पार्टीमा रहि राजनितिलाई निरन्तरता दिने जनाएका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा