Jun 8, 2023
काठमाडौ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । बिहीवार राति ट्वीटरमा एक ट्वीट गर्दै अध्यक्ष थापाले प्रचण्डको नाम उल्लेख नगरी टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्,’हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन,हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन,एमाले र जसपा फुटाएको संविधान जोगाउन। हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्,लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन्,’ यस्ता मान्यता राख्नेलाई महान ठान्ने हाम्रो नागरिक समाज ! विडम्वना !’
बिहीवार दिउँसो सम्पन्न एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवाले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको बचाउ गरेका थिए ।अध्यक्ष थापाले उनको सोही भनाइप्रति टिप्पणी गरेका हुन् ।
प्रतिकृया दिनुहोस्