ताजा अपडेट »

जन्ती चढेको बसमा करेन्ट लाग्दा १० को मृत्यु

शनिबार, १२ माघ २०७५, ०१ : ३१
10 Shares


माघ १२,

धनुषा । धनुषामा जन्ती चढेको बसमा करेन्ट लागेको छ । शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित  बाल्टिया गाउँमा जन्ती चढेको ना ५ ख १७५२ नम्बरको बसले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको विद्युतीय पोलको तार छुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घटनामा ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । मृतकको संख्या अझैं सक्ने आशंका गरिएको छ । बसमा ४० जनाभन्दा बढी जन्ती सवार रहेको बताइएको छ । बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।