ताजा अपडेट »

कम्यूनिष्ट नेता तथा लुम्बिनीका मुख्यमन्त्री केसी पूजा-अर्चनाका लागि मन्दिरमा

मंगलबार, ०१ भदौ २०७८, १२ : ०६
18 Shares
मंगलबार, ०१ भदौ २०७८
18 Shares

अघिपछि धार्मिक गतिविधि विरोधी चर्को भाषण गर्ने कम्यूनिष्ट नेता दुःख,सुखमा मन्दिर तथा धार्मिक गुरुको शरणमा पुग्ने गरेका छन्

बुटवल । धर्मलाई अव्यवहारिक, पुरातन सोँच मान्ने र धर्म तथा धार्मिक मठ–मन्दिरलाई उपेक्षा गर्दै आएको कम्यूनिष्ट पार्टीका नेता तथा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री बनेपछि मन्दिर चाहारेका छन् । ५० को दशकमा धर्म र धार्मिक गतिविधि विरोधी भाषण, गतिविधिका साथ क्रान्तिका चर्को भाषण गर्ने र माओलाई नै भगवान ठान्ने कम्यूनिष्टहरु खुशीयालीमा होस् या दुःखमा भगवानको शरणमा पर्न मन्दिर धाउने गरेका छन् ।

यसै क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि मुक्तिनाथ मन्दिरमा पूजा–अर्चना गरेका छन् । मुख्यमन्त्री केसीले साउनको अन्तिम सोमबार बुटवल–१२ मुक्तिनाथ मन्दिरमा गएर पुजा तथा अर्चना गरेका हुन् । स्वामी नारायण मुक्तिनाथ धाममा पुगेका मुख्यमन्त्रीले विशेष रुद्राभिषेक,जलार्पण ,पूजा र आरती गर्नुका साथै स्वामी लोकानन्दबाट प्रसाद ग्रहण गरेका थिए ।

पूजा–अर्चना गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले देशको विकास र समृद्धिभित्र धार्मिक पर्यटन सांस्कृतिक सम्पदाको पनि उच्च योगदान रहको बताए । उनले धार्मिक पीठ र सांस्कृतिक सम्पदाहरुको विकास गर्नुपर्नेमा जोड दिए । बिहीबार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका केसीले मुक्तिनाथ धाममा पुगेर दर्शन गर्नुलाई महत्वका साथ हेरिएको छ ।

आजबाट सुरु हुुने प्रदेशसभाको नवौँ अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने सम्भावना रहेको छ । मन्दिरलाई वेवास्ता गर्ने, धर्मलाई ढोँग र धार्मिक गुरुहरुलाई ढोँगीको संज्ञा दिने कट्टर, क्रािन्तकारी ठान्ने नेकपा माओवादीका हालका शिर्ष नेता तथा तत्कालिन जनयुद्धका कमाण्डर मन्दिरमा पुगेर पूजा–आजा गरेपछि अन्ततःकम्यूनिष्टहरुको सिद्धान्त र व्यवहार फरक देखिएको थप पुष्ट भएको छ ।

स्मरण रहेस् ,नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओली शर्मालो पनि आफू प्रधानमन्त्री छँदा पशुपतिनाथमा पूजा–आजा गर्दै पशुपतिमा करोडौंको सुनको गजुर राख्ने घोषणा गरेका थिए । त्यसैगरी नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले पनि आँफू मुख्यमन्त्री हुँदा बुटवल–१२ स्थित मुक्तिनाथ मन्दिरमा गएर पूजा–अर्चना गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।