ताजा अपडेट »

‘प्राविधिक विश्वविद्यालय स्थापना गर्ने योजना छ’

विहीबार, ३० साउन २०७६, २० : ५४
6 Shares

पछिल्लो समयमा बुटवल–बेलहिया सडकमा अत्याधुनिक सुविधा सम्पन्न एसियुुक्त बस सञ्चालन गरेर चर्चामा रहेको संस्था भिजन लुम्बिनी बारे विभिन्न जिज्ञासाहरु उठ्ने गरेका छन् । ३ वर्ष अघि स्थापना भएको यस संस्था चौथो बर्षको संघारमा छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि ,अर्थतन्त्र, सञ्चार र जलविद्युत लाई प्रथामिकतामा राखेर लगानी गरेको छ । विशेषगरी उत्पादन, स्वरोजगार एवम् आर्थिक क्षेत्रमा लगानी र सहभागिता जनाउने यस संस्थाको नेतृत्व युुवा व्यक्तित्व जगत पोखरेलले गरेका छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका पोखरेल जुझारु युवा हुन् । उनले हालसम्म कंैयौं संस्थामा कुशल नेतृत्व प्रदान गरिसकेका छन् ।

उनी पूर्व अध्यक्ष, पश्चिमान्चल ग्रामिण विकास बैक लिमिटेड, बुटवल, संयोजक, सम्पूर्ण ग्रामिण विकास बैंक मर्जर समिति, नेपाल,संस्थापक तथा पूर्व संचालक, मिसन डेभलपमेन्ट बैंक, बुटवल, संचालक, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल, पर्भास, पाल्पा, पूर्व अध्यक्ष, एडमण्ड सिटी अस्पताल प्रा.लि., बुटवल, अध्यक्ष–चौतारी लघुवित्त वित्तिय संस्था लि., बुटवल, संचालक, मणिमुकुन्द कलेज, बुटवल, पूर्व अध्यक्ष, नवज्योति बोर्डिङ्ग स्कूल, मणिग्राम, संस्थापक, भैरव व्याग हाउस प्रा.लि, बुटवल, अध्यक्ष, बृहत लक्ष्य र उद्देश्य अंगालेको अभियान भिजन लुम्बिनी लि.,अध्यक्ष, बुटवल जेसीज, २००७, राष्ट्रिय अध्यक्ष, नेपाल जेसीज २०१६, पूर्व अध्यक्ष, पश्चिमाचंल एफ.एम.रेडियो, पाल्पा, पूर्व प्रबन्ध निर्देशक, बुद्ध सामूदायिक टेलिभिजन, बुटवल, पूर्व अध्यक्ष, रेडियो रिपव्लिक, बुटवल, संयोजक, बुटवल जेसीज भवन निर्माण समिति, अध्यक्ष, भैरवस्थान बहुउद्देश्यीय सहकारी संस्था लि. पाल्पा, सल्लाहकार, लुम्बिनी बोर्डिङ्ग स्कूल, बुटवल, सल्लाहकार, बुटवल, हिलपार्क परिषद, बुटवल , केन्द्रिय उपाध्यक्ष, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, काठमाडौं हुन् ।

त्यसैगरी बिभिन्न सामाजिक क्षेत्रमा सक्रिय उनी उत्कृष्ट काम तथा प्रस्तुती बापत नेपाल जेसिजको उत्कृष्ट शाखा अध्यक्ष,वर्ष २००७, नेपाल भर उत्कृष्ट शाखा, वर्ष २००७, नेपाल जेसीजमा उत्कृष्ट राष्ट्रिय पदाधिकारी, वर्ष २००८ र २००९ मा सम्मानित तथा पुरस्कृत समेत भएकाछन् ।
भारत, बङ्गलादेश, थाईल्याण्ड, हङ्ककङ्क, चीन, सिंङ्गापूर, मलेशिया, मकाउ र नेपालका ७४ जिल्लाको भ्रमण गरी निरिक्षण तथा अध्ययन गरेका ४४ वर्षिय युवा व्याक्तित्व जगत पोखरेलसँग उनले नेतृत्व गरेको भिजन लुम्बिनीको सन्दर्भमा रहेर ग्लोबल आवाजका लागि एन.बी.कंडेलले गरेको कुराकानी :

भिजन लुम्बिनी कस्तो प्रकारको संस्था हो (विस्तृत रुपमा भन्नुपर्दा ) ?
–यो एउटा सामुहिक संस्था हो । जसमा हाल ८५० जना सदस्य रहेका छौं । करिब १० करोड लगानी रहेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, अर्थतन्त्र, सञ्चार र जलविद्युत क्षेत्रमा लगानी गरी स्वरोजगार र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने हाम्रो लक्ष्य हो । बुटवलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले आफ्नो लगानी र सेवालाई देशभर विस्तार गर्ने योजनाका साथ अगाडि बढेको छ ।
यस्तो किसिमको संस्थाको स्थापना र सुरुवात गर्ने सोँच कसरी आयो ?
–मेरो पहिलेदेखि नै स्वदेशमा रहेर समाज र मुलुुकका लागि केही योगदान दिने सोँच रहँदै आएको थियो । मैले नविनतम्, समावेशी, सहकार्यका साथ देशमा आवश्यकता रहेका क्षेत्रमा युवाहरु परिचालन गरी उत्पदान र रोजगारलाई जोडेर स्थानीय, प्रादेशिक हुँदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने सोँचका साथ साथी–भाई, अग्रजहरुको समूहमा छलफल गरेपछि सबैको साँेच अनुसार यो संस्था स्थापना र सञ्चालनमा आएको हो ।

भिजन लुम्बिनी तथा यससंग आवद्ध समूूहको सोँच तथा लक्ष्य पूरा गर्न तपाइँहरुसँग कस्तो संरचना र कस्ता जनशक्ति रहेका छन् ?
-यस संस्थामा सर्वसाधारणदेखि शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, व्यवसायी, व्यापारी, उद्योगी, राजनीतिज्ञ, निवृत कर्मचारी लगाएतको लगानी तथा सहभागिता रहेको छ । उहाँहरुको अनुुभव र साझा योजना अनुसार, हामीले विभिन्न विषयका विज्ञहरुको समूूह बनाएका छौं, उहाँहरुको निर्देशन र सहभागितामा हाम्रा योजना अघि बढेका छन् । जसले हाम्रो सोँच अनुसार लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौं ।

हालसम्म यो संस्थाले कुन–ुकुन क्षेत्रमा कस्ता–कस्ता काम गरेको छ ?
–संस्थाको लक्ष्य अनुसार कृषि क्षेत्रका लागि मायादेवी गाउँपालिकामा ६ विघा बढि जग्गा खरिद गरेका छौं । अर्थतन्त्र अन्तर्गत चौतारी लघुवित्तमा १० लाखको सेयर लगानी गरेका छौं । पर्यटन क्षेत्रका लागि करिब ४० लाख लगानीमा टुुर्स एण्ड ट्राभल्स सञ्चालन गरेका छौं । जलविद्युुत क्षेत्रमा सेती नदी हाइड्रोमा २ करोड लगानी लगाएका छौं । कार्यालय व्यवस्थापनमा पनि लगानी गरेका छौं ।
हालै भिजन लुम्बिनीले भैरहवा बुटवल रुटमा पब्लिक बस सञ्चालन ल्याएकोे छ । यसको उद्देश्य र प्रभावकारिता कस्तो रहेको छ ?
–हो, हाम्रो यो काम प्रतक्ष्य देखिने सेवा बनेको छ । नयाँ वर्षको सुरुवातदेखि हामीले १० वटा एसि तथा सुविधायुुक्त बस सञ्चालन गरेका हौं । बुद्धजन्मस्थल लुम्बिनीमा आउने जाने पर्यटक तथा यस क्षेत्रका स्थानीयलाई छिटो, छरितो, सुविधायुुक्त यात्राका लागि हामीले यस्ता अन्याधुनिक बस सञ्चालन गरेका हौं । सुरुवातदेखि यो अवधी सम्ममा राम्रो प्रतिक्रिया पाएका छौं । हामी सन्तुष्ट र खुशी नै छौं ।

तपाइँहरुको लगानी र कामबाट तपाइँहरुले भनेजस्तो स्वरोजगार र राष्ट्रिय अर्थतन्त्रमा कसरी टेवा पुगेको छ ?
–हामीले करिब १० करोड लगानी लगाएर संस्था सुुरुवात गर्नु नै राष्ट्रिय अर्थतन्त्रमा टेवाको सुरुवात हुनुु हो । पूूँजी परिचालन र संस्था तथा योजना सञ्चालन मार्फत हामीले टेवा पुु¥याएका छौं । लघुवित्त सुुरु गर्नु, हाइड्रो सुुरु गर्नु, टुर्स एण्ड ट्राभल सुुरु गर्नु, पब्लिक बस सञ्चालन गर्नु लगाएतका काममा लगानी, आम्दानी, सेवा र राज्यलाई कर तरेका छौं । त्यसैगरी प्रतक्ष्य ४० जनालाई रोजगार दिएका छौं भने लघुवित्तका ५७ शाखामा ३ सय बढीले रोजगार र ४५ हजारले सेवा प्राप्त गरेका छन् ।

लुम्बिनी भिजन संस्थाका आगामी योजना के–के रहेका छन् ?
–अबको ५ वर्षमा अहिलेका योजना पूरा गर्ने, शेयर संख्या एक हजार पु¥याउने प्राविधिक विश्वविद्यालय स्थापना गन, ट्रमा सेन्टर स्थापना गर्ने, आइटिको क्षेत्रमा रुपन्देहीलाई टेवा प्रदान गर्ने, स्वरोगार र युवालाई प्रोत्साहन गर्ने सोँच र लक्ष्य अनुसार लगानी, उत्पादन र सेवालाई निरन्तर विस्तार गर्ने हाम्रा योजना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।