ताजा अपडेट »

पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित

शुक्रबार, ११ माघ २०७५, १२ : ११

माघ ११,

युएईमा जारी पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । दुवईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो ।

११४ रनको लक्ष्य पछ्याएको युएईले पनि गतिलो सुरुआत भने गर्न सकेको थिएन । टिमको स्कोर ५ हुँदा मोहम्मद अस्फिकलाई करण केसीले पहिलो विकेटको रुपमा आउट गरेका थिए ।

चिराग शुरीलाई सोमपाल कामीले आउट गर्दा युएईको स्कोर १२ रन थियो । ३५ रन हुँदा सइमान अनवरलाई गुमाएको युएईमाथि नेपालले केही दबाब दिएको थियो । चौथो विकेटको रुपमा मोहमद उस्मान आउट हुँदा पारस खड्काले पहिलो विकेट लिएका थिए । त्यसपछि लगातार अर्को इनबाट लेगस्पिनर सन्दिप लामिछानेले बलिङ गर्न लगाएका थिए ।

पाचौं विकेटको रुपमा फहद नवाजलाई सन्दिपले आउट गरेका थिए । छैटौ सफलता पनि सन्दिपले नै दिलाए । उनले युएईबाट सर्वाधिक ३० रन बनाएका गुलाम सब्बिरलाई आउट गरेका थिए । सातौं विकेटको रुपमा पारसले मोहमद बोतालाई बसन्त रेग्मीबाट क्याच गराएर पेभेलियन फर्काएका थिए ।

७ विकेट गुमाउँदै ७३ रन बनाएको युएईका लागि अमिर हायात र इमरान हैदरले पालि सम्हाले पछि युएई ३ विकेटले विजयी हुन सफल भयो ।
हयात २४ र हैदर १८ रनमा नट आउट रहे । नेपालका पारस खड्का, करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिँदा सोमपाल कामीले १ विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।