ताजा अपडेट »

रुपन्देहीबाट लागुपदार्थ ओसार-पसार आराेपमा महिला पक्राउ

आइतबार, ३१ साउन २०७८, ११ : २७
4 Shares

बुटवल । रुपन्देहीमा प्रहरीले लागु पदार्थ कारोबार गरेको आरोपमा राेहिणी गाउँपालिका- ३ धकदइ बस्ने सन्ध्या मिश्रलाई लागु औषधसहित पक्राउ गरिएको छ ।

लागु पदार्थ कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा बाटोमा हिडिरहेको अवस्थामा शंका लागी चेक जाँच गर्दा सन्ध्याको साथबाट लागु औषध फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।

उनको साथमा प्लास्टीकको पुरियामा रहेको ६८ थान (७० ग्राम ५ सय मिलिग्राम) ब्राउन सुगर जस्तो धुलो पदार्थ फेला परेकाले पक्राउ गरि अनुसन्धान थालिएको थापाले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।