ताजा अपडेट »

तालिबानले कब्जा गर्‍यो राजधानी काबुलबाहेक देशका सबै सहर

आइतबार, ३१ साउन २०७८, १० : ४९

एजेन्सी । अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानमा तीव्र रूपमा सहरहरु कब्जा गरिरहेका छन् । बीबीसीका अनुसार तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्। लडाकुहरूले पूर्वी सहर जलालाबाद आइतवार बिहानै नियन्त्रण कायम गरेका छन्।

योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ। अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्। तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन्।

सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ। अमेरिकासहित उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)का सदस्य राष्ट्रहरूका सैनिक फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा प्रभाव बढाउँदै लगेको हो। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।