ताजा अपडेट »

क्यान्सर पीडित बुटवलका सुशान्तलाई टोण्टाको आर्थिक सहयोग

शनिबार, ३० साउन २०७८, २१ : ५४
4 Shares

बुटवल । टोण्टा फाउण्डेशन नेपालले ब्लड क्यान्सरबाट पीडित बुटवलका एक बालकलाई आर्थिक सहयोग गरेको छ । ‘ नागरिक बचाउ अभियान’ भन्ने नारासहित सामाजिक क्षेत्रमा काम गर्दै आएको फाउण्डेशनले शनिबार बुटवलका ११ वर्षिय सुशान्त परियारलाई नगद रु २५ हजार सहयोग गरेको हो। फाउण्डेशनले परियार बसेको स्थानमै पुगी सहयोग रकम हस्तान्तरण गरेको संस्थाका कार्यक्रम संयोजक केशव बेल्बासेले बताए ।

करिब एक महिना अगाडि ग्लोबल आवाज अनलाइनमा ‘आर्थिक अभावका कारण बुटवलका ११ वर्षिय बालकको उपचारमा समस्या’ भन्ने समाचार प्रकाशन भएपछि फाउण्डेशन परियारको सम्पर्कमा पुगेको थियो । फाउण्डेशनले परियारलाई तत्काल केहि नगद र खाद्यान्न राहत प्रदान गरेको थियो ।

त्यसपछि फाउण्डेशनले नागरिक बचाउ अभियानमा सुशान्त परियारका लागि पनि सहयोग जुटाउन अभियान चालेको फाउण्डेशनका अध्यक्ष सुरेश विश्वकर्माले जनाए । उनले भने ‘ हामीले आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिब तथा विपन्न व्यक्तिहरुलाई उपचार तथा उद्धारका लागि अभियान अन्तर्गत सहयोग जुटाउँछौ र जुटेको सहयोग उनीहरुलाई उपलब्ध गराउँछौं । यदि तत्कालनै गर्नुपरे संस्थाको तर्फबाट सक्दो प्रयास गर्छौ ।’

सुशान्त लगाएत यतिबेला अन्य ७ जनाको उपचारका लागि पनि सहयोग जुटाउने अभियान चलेको कार्यक्तम संयोजक बेल्बासेले बताए । अधिकांश मृगौला तथा क्यान्सर पीडित भएको बताउँदै सुशान्तका लागि उठेको रकम उनकी आमालाई हस्तान्तरण गरी उपचारका लागि पठाइएको र थप उपचारका लागि सहयोग जुटाउने कार्य जारी रहेको उनले बताए ।

https://www.globalaawaj.com/archives/127430

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।