ताजा अपडेट »

सुनको भाउ घट्यो, तोलाको ६० हजार ६ सय

शुक्रबार, ११ माघ २०७५, ११ : ५१
10 Shares

माघ ११,

काठमाडौं । दुई दिनसम्म स्थिर रहेको बहुमूल्य धातु सुनको भाउ आज शुक्रबार घटेको छ । आज स्थानीय बजारमा छापावाल सुनको भाउ ३ सयले घटेर तोलाको ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति बुधबार र हिजो बिहीबार दुई दिनसम्म तोलाको ६० हजार ९ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ आज घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन माघ १ देखि ४ गतेसम्म तोलाको ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि ६ गते आइतबार २ सय घटेर ६० हजार ८ सयमा कारोबार भएको थियो । तर, सोमबार १ सयले बढेर ६० हजार ९ सय पुगेको थियो । मंगलबार २ सयले घटेर ६० हजार ७ सय कायम भएको थियो ।  

यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार ५ सयसम्म पुगेको रेकर्ड छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च भएको थियो । 

भारतको अर्थतन्त्र पनि ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) डलरको दाँजोमा कमजोर हुँदै जाँदा सुनको भाउ बढ्न थप बल पुगेको थियो । स्थानीय बजारमा डलर भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ र यसैको प्रभाव सुनको भाउ वृद्धिमा परेको महासंघको भनाइ छ ।

हाल मुलुकमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।

त्यसैगरी दुई दिनदेखि तोलाको ६० हजार ६ सय रुपैयाँमा स्थिर रहेको तेजाबी सुनको भाउ पनि ३ सयले घटेर तोलाको ६० हजार ३ सयमा कारोबार भइरहेको छ । गत मंगलबार ६० हजार ४ सय, सोमबार ६० हजार ६ सय र आइतबार ६० हजार ५ सयमा अडेको भाउ त्यसअघि चार दिन लगातार तोलाको ६० हजार ७ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने तीन दिनदेखि तोलाको ७ सय ५५ रुपैयाँमै कारोबार भइरहेको छ । पछिल्ला चार दिन तोलाको ७ सय ६५ मा कारोबार भएपछि आइतबार र सोमबार १० रुपैयाँ घटेर ७ सय ५५ तथा मंगलबार ७ सय ५० कायम भएको थियो । 

महासंघका अनुसार माघ ११ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ ४ मा ६१ हजार, ६ मा ६० हजार ८ सय, ७ मा ६० हजार ९ सय, ८ मा ६० हजार ७ सय तथा ९ र १० मा ६० हजार ९ सय रुपैयाँ थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।