ताजा अपडेट »

लुम्बिनी प्रदेशको नवौँ अधिवेशन भदौ १ गतेका लागि आह्वान

शनिबार, ३० साउन २०७८, १५ : ३८
2 Shares

बुटवल । लुम्बिनी प्रदेशको नवौँ अधिवेशन भदौ १ गते बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरेचनले लुम्बिनी प्रदेशको नवौँ अधिवेशन भदौ १ गते दिउँसो १ बजेको लागि आह्वान गरेका हुन् ।

'नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनबाट लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन सम्वत् २०७८ साल भाद्र महिनाको १ गते मंगलबार दिनको १३:०० बजे प्रदेश सभा भवन, बुटवलमा बस्ने गरी आह्वान भएकोले प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।' - प्रदेश सभाका सचीव दुर्लभ कुमार पुनले जारी गरेको सूचनामा भनिएको छ ।

अधिबेशनमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।