ताजा अपडेट »

पाल्पाका बोटे समुदायलाई रोटरी क्लब तिनाउ बुटवलको राहत

शनिबार, ३० साउन २०७८, १४ : २३
4 Shares

बुटवल । कोभिड-१९ गतिविधी शून्य भएपछि आम नागरिक संकटमा परेका छन् । सामन्य नागरिकहरुको जीविकोपार्जनको विकल्प नै हराउँदा थप समस्या देखा परेका छन् ।

ज्याला मजदुरी गरेर साझ-विहान हातमुख जोड्नेहरुलाई लक्षित गरि रोटरी क्लब अफ तिनाउ बुटवलले राहत वितरण गरेको छ । क्लबले पाल्पाको बगनासकाली गाउँपालिका-६ दर्पुकका बोटे समुदायलाई राहत वितरण गरेको हो । बिहान साझ मजदुर गरेर खाने र माछा मारेर दैनिक जीवनयापन गर्दै आएका बोटे समुदायलाई खाद्यान्न अभाव भएको खबर थाहा पाएर राहत लिएर पाल्पा पुगेको रोटरी क्लब अफ तिनाउ बुटवलका पुर्ब अध्यक्ष तथा राहत बितरण कार्यक्रमका संयोजक जमुना पौडेलले बताइन् ।

बोटे समुदायका सय घर परिवारलाई  चामल, दाल, तेल, नुन, मास्क स्यानिटाइजर लागायतका सामग्री बितरण गरिएको पौडेलले जानकारी दिइन् । स्वार्थभन्दा माथि सेवा भन्ने मुल भावका साथ स्थापित क्लबको दायित्व र एक समुदाय पीडामा हुँदा अर्को समुदायले सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष प्रतिमा भट्टराईले बताइन् ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बोटे समुदायलाई खाद्यन्न लिएर बुटवलबाट पाल्पा आएको भन्दै क्लबलाई धन्यवाद व्यक्त गरे । स्थानीय सरकारले पनि आफ्नो तर्फबाट बोटे समुदायका लागि काम ल्याएको बताए । गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ६ का अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले सरकारको एकल प्रयासबाट मात्रै सबै समस्या समाधान हुन नसक्ने भन्दै आम नागरिक र संघ सस्था सहयोगी बन्नु पर्ने बताए । कोभिड १९ को बन्दाबन्दी र वर्षायाममा माछा मार्न  पनि समस्या परेको बेलामा राहत पाएकोमा बोटे समुदाय खुशी भएका थिए । 
क्लबका इलेक्ट प्रेसीडेण्ट कल्पना तिवारीको स्वागत र सचिब साबित्रा घिमिरेको संचालनमा राहत कार्यक्रम भएको थियो । बुटवलमा रहेका विभिन्न सहयोगी दाता र क्लबका सदस्यहरुबाट रकम जम्मा गरि राहत बितरण गरिएको क्लबले जनाएको छ । राहत लिएर क्लबका पदाधिकारी र सदस्य सहित १० जनाको टोली पाल्पा पुगेको हो ।
 
महिलाहरु मात्रै आवद्द रोटरी इन्टरनेशनल ३२९२ भुटान अन्तर्गतको क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।