ताजा अपडेट »

शव पुर्याएर फर्केको एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

शनिबार, ३० साउन २०७८, १२ : २१
6 Shares

बुटवल । लुम्बिनी प्रदेशको रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा त्यसका चालकको घटना स्थलमै मृत्यु भएको छ । शनिबार बिहान रा १ च ७०५ नम्वरको एम्लुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका–६ कोर्चाबाङ्गका ३७वर्षिय ओमप्रकाश घर्तीको मृत्यु भएको हो ।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार भैरहवबाट कोर्चाबाङ्गमा शव पुराएर फर्किने क्रममा बिहान करिव ४ बजेतिर उक्त स्थानको सडकबाट झण्डै ६ सय मिटर तल एम्वुलेन्स खस्खा उनको मृत्यु भएको थियो । एम्बुलेन्समा सवार सोही स्थानका ३८ वर्षिय प्रिती प्रसाद पुन माथि नै हाम फालेर सामान्य घाइते भएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।