ताजा अपडेट »

तिलोत्तमामा अब रेडियोबाट शिक्षा

शुक्रबार, २९ साउन २०७८, १६ : ३१
4 Shares

बुटवल । कोरोनाको कारणले भौतिक रुपमा विद्यालय सञ्चालन हुन नपाउँदा अनलाइन (भर्चुअल) माध्यमबाट भयो । इन्टरनेटको पहुँच सबैतिर नभएकोले शिक्षाको अधिकार प्रदान गर्नको लागि रेडियोलाई विकल्प बनाइएको छ । यही समस्यालाई मध्यनजर गर्दै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले रेडियोको माध्यमबाट शिक्षा प्रदान गर्ने तयारी गरेको छ। यसैको लागि नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमा ७ को सेमराबजार माबीका विद्यार्थीलाई रेडियो बाढेका हुन्। 

नगरप्रमुख घिमिरेले सुविधासम्पन्न कम्प्युटर तथा बिज्ञान प्रयोगशाला कक्षको समेत उद्घाटन तथा शुभारम्भ गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए। प्रमुख घिमिरेले  रेट्रोफटिङि प्रविधि मार्फत पुनर्निर्माण गरिएको भवनको शुभारम्भ गरेका हुन्। सो अवसरमा विद्यालयका  अध्यक्ष गणेश भण्डारी, प्रधानाध्यापक खेमराज पाण्डे लगायतले विद्यालयको आमूल परिवर्तन गर्न नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। सामुदायिक विद्यालयमा पढाईको गुणस्तर तीब्र गतिम सुधार भएको भन्दै नगरप्रमुख घिमिरेले नगरपालिका शिक्षा सुधारका सबै योजना लागू गर्न तयार रहेको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।