ताजा अपडेट »

काठको साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता

शुक्रबार, २९ साउन २०७८, १५ : ०२
8 Shares

सिमकोट । काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ ।उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिए । हराइरहेकाहरुको खोजी जारी रहेको उनले बताए।

जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ । हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।