१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

बनियानी । प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बिर्तामोड–५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले “हामी सादा पोशाकका प्रहरी हौँ, तपाईँको छोरा लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने रु २० हजार दिनु, नभए मुद्दा हालिदिन्छौँ”, भनेर धम्क्याउनाका साथै राजवंशीको साथमा भएको रु एक हजार १०० लिएर पछि फेरि पैसा लिन आउँछौँ भन्दै गएका थिए ।

सोही सिलसिलामा यही साउन १४ गते राति नयनसरीको घर पुगेका उनीहरुले उहाँका छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर “हामी एउटा मिसनमा आएका हौँ, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको रु” भन्दै उप्रेतीले कम्मरको बेल्ट खोलेर विशाललगायत अन्य व्यक्तिलाई समेत कुटपिट गरेका थिए । पीडित राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनका आधारमा उप्रेती र खत्रीलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए । पक्राउ परेका दुवैलाई इप्रका अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको थापाले जानकारी दिए । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार ! महाअभियोग टुङ्गो लगाउने कार्यतालिका अर्को बैठकमा पेश हुने पुरुषहरू धेरै काम गर्छन् तर, महिलाहरूलाई फुर्सद कम हुन्छ निर्वाचन नजिकिएसँगै फेरि गृहजिल्ला जाँदै एमाले अध्यक्ष ओली नेपाल र बेलायतबीच स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीमा हस्ताक्षर हुने सन्तानको दीर्घायुको कामना गर्दै कुशको पूजा गरेर तीनछठी पर्व मनाइयो छुट्टाछुट्टै घटनामा बाँकेमा दुई जनाको मृत्यु दक्षिण कोरियामा एकैदिन एक लाख ८० हजार भन्दा बढी सङ्क्रमित