ताजा अपडेट »

ला लिगा आजदेखि : कुन-कुन टोली भिड्दै ?

शुक्रबार, २९ साउन २०७८, १३ : ४८
6 Shares

एजेन्सी । स्पेनिस ला लिगा फुटबल आज (शुक्रबार) आजदेखि सुरु हुँदै छ । नयाँ सिजन २०२१/२२ अन्तर्गत पहिलो खेलमा भ्यालेन्सियाले घरेलु मैदानमा गेटाफेको सामना गर्नेछन् । खेल मेस्टाल्ला रंगशालामा नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ । लिगको पहिलो दिन एक मात्र खेल हुनेछ ।

२० हजार दर्शकसहित पहिलो खेल हुन लागेको हो । जुन रंगशालाको ४० प्रतिशत हो । स्पेनमा कोरोना घट्दोदरमा रहेको कारण दर्शकलाई पवेश अनुमति दिइएको बताइएको छ ।  ला लिगा १७ वर्षपछि पहिलो पटक सुपर स्टार लिओनल मेस्सीबिना सञ्चालन हुँदैछ । बार्सिलोनाले आर्थिक अवस्थाका कारण मेस्सीसँग सम्झौता नविकरण गर्न सकेन । मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा आबद्ध भएका छन् । 

यसवर्ष ला लिगामा दर्शकको चासो कम हुने देखिन्छ । यसअघि सन् २०१८ मा पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोड्दा पनि ला लिगामा दर्शक ह्वात्तै घटेका थिए । यस वर्ष ला लिगामा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । रियलका भेनिसिउस जुनियर, बार्सिलोनाका अन्सु फाती, बार्सिलोनाकै पेर्डीलगायत खेलाडीले लिगमा केही उत्साह देखाउने आश गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।