ताजा अपडेट »

उद्यमशीलतामा युवा भूमिकाकाे चर्चा

शुक्रबार, २९ साउन २०७८, १३ : ४५
4 Shares

बुटवल। राेटर्‍याक्ट क्लब अफ सेन्ट्रल बुटवलले उद्यमशीलतामा युवा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लबले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर क्लबले उद्यमशीलतामा युवाहरूको सहभागिता तथा भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

क्लबको ९७ औ नियमित साधारण बैठकको सँगै क्लबले अन्तराष्ट्रिय युवा दिवसको समेत अवसर पारेर युवा उद्यमशीलताको विषयक अन्तरक्रिया गरको क्लबका जन सम्पर्क अधिकारी प्रेम प्रकाश श्रेष्ठले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले बजारमा नयाँ उत्पादन भन्दा पनि उत्पादित बस्तुलाई बजारको माग तथा समायानुकुल फरक तरिकाबाट परिमार्जन गरेर उत्पादनमा जोडिनु पर्नेमा जोड दिए। 

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ सेन्ट्रल बुटवलका युथ सर्भिस चियरपर्सन तथा रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले उत्पादनको परम्परागत शैलीलाई परिवर्तन गर्दै उद्यमशीलतामा जोडिनु पर्नेमा जोड दिए। उनले वर्तमान सन्दर्भमा उद्यमशीलतामा लाग्न चाहने युवाहरूले उत्पादित बस्तुलाई बजारको माग तथा समायानुकुल परिमार्जन गरेर उत्पादन गर्ने सके सफल हुन सकिने धारणा राख्नु भयो । उद्यमशील बन्न चाहने युवाहरूको लागी रूपन्देही उद्योग संघले विभिन्न समयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र सदैव सहयोग गर्ने उनको भनाई छ । 

कार्यक्रममा बोल्दै युवा उद्यमी मञ्च रूपन्देहीका अध्यक्ष प्रदिप शाक्यले युवाहरू परिवर्तनको संवाहक भएकोले युवाहरूले बजारको अवस्था अनुसार परम्परागत शैली भन्दा पनि नयाँ तरिकाबाट उत्पादनमा जोडिनु पर्ने बताए । उनले कोभिड सङ्क्रमणले बजारमा प्रभाव पारेको बताउनु भयो । राेटर्‍याक्ट क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष प्रविण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव विनीत कसौधनले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।