ताजा अपडेट »

दुर्लभ रेडपाण्डाको छालासहित ३ जना पक्राउ

शुक्रबार, २९ साउन २०७८, १२ : ५५
10 Shares

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजमा रेड पाण्डाको छाला सहित तीन जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोली परिचालित भई सो होटलमा झापा जिल्लाको विर्तामोड नगरपालिका–५ सनिश्चरे बस्ने २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशीलाई जिल्ला प्रहरीले नियन्त्रणमा लिएको हो ।

मानिसहरुको शरिर खानतलासी गर्ने क्रममा सो होटलको कोठा नम्वर १०४ मा २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर १ वटा बरामद गरी उक्त बरामद रेड पाण्डाको छाला, पुच्छर र मानिसलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।