ताजा अपडेट »

संविधानको मर्मविपरीत सपथ ग्रहण गराएको भन्दै एमालेको विरोध

विहीबार, २८ साउन २०७८, २० : ५९
6 Shares

बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकार बनाउने क्रममा आफ्ना दलमा रहेका सदस्यहरुलाई मन्त्रीमा नियुक्ती तथा सपथ गराएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटीले विरोध गरेको छ । एक विज्ञप्ती जारी गर्दै एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीले एमाले संसदीय दलका नेता अजयकुमार शाहीलाई मन्त्रीमा नियुक्त गरेको तथा विमलाकुमारी खत्री ओलीलाई आफ्नो संसदीय दलमा सहभागी गराई गैरसंवैधानिक र गैरसंसदीय बाटोमा प्रदेश प्रमुखले आफ्नो भुमिका निर्वाह गरेको भन्दै आपत्ति व्यक्त गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, 'लुम्बिनी प्रदेशमा आज विपक्षी गठबन्धनको सरकार बनाउने क्रममा हाम्रो पार्टीका संसदीय दलका माननीय अजयकुमार शाहीलाई प्रदेश सरकारको मन्त्रीमा नियुक्त गरेको तथा माननीय विमलाकुमारी खत्री ओलीलाई आफ्नो संसदीय दलमा सहभागी गराई गैरसंवैधानिक र गैरसंसदीय बाटोमा प्रदेश प्रमुखले आफ्नो भुमिका निर्वाह गरेकोप्रति नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लुम्बिनी प्रदेश कमिटीको गम्भिर आपत्ति रहेको छ ।'

यस्तै, संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको सदस्यलाई मुख्यमन्त्री नियुक्ती गर्नुपर्ने कानुनी व्यवस्थालाई कुल्चेर प्रतिपक्षी दलमा रहेका सदस्यहरुलाई सरकारमा सामेल गरी संविधानको प्रावधान एवं बहुदलीय प्रणालीको मर्म विपरित प्रदेश प्रमुख नै गैरसंवैधानिक कार्यमा सहभागी हुनु निन्दनीय कार्य भएको एमालेको आरोप छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।