ताजा अपडेट »

बुटवलका २४ सहित रुपन्देहीमा थपिए ३८ संक्रमित

विहीबार, २८ साउन २०७८, २० : १४

बुटवल । रुपन्देहीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १८३ जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा २४ जना, सिद्धार्थ नगरपालिकामा ७ जना, शुद्धोधन गाउँपालिकामा १ जना, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र कञ्चन गाउँपालिकामा २/२ जना रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ७६४ पुगेको छ । हाल जिल्लामा ४४३ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा निको हुनेको संख्या २८ हजार ८०२ पुगेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको निधन भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१९ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।