ताजा अपडेट »

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

मंगलबार, २८ साउन २०७६, १२ : ०६
8 Shares

साउन २८,
बुटवल । अमेरिकाले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। उनले ट्विटमार्फत् क्यारेबियन प्रिमियर लिग (सिपिएल )  २०१९ प्रतियोगितामा सहभागी हुन भिसाका लागि आवेदन दिएकोमा आफूलाई अमेरिकी राजदूतावासबाट भिसा दिन अस्वीकार गरिएको जानकारी दिएका छन्।

‘राष्ट्रिय क्रिकेट खेलाडीको रूपमा मैले सन् २०१६ यता विश्वका विभिन्न लिगमा देशको प्रतिनिधित्व गर्दै आएको छु,’ उनले लेखेका छन्, ‘भिसा अस्वीकृत भएकोमा म एकदमै अचम्मित भएको छु।’ उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय, हेल्लो सरकार, सिपिएललगायतलाई मेन्सन गर्दै ट्विट गरेका छन्। ‘यो सब देखेर म हासिँरहेको थिएँ र शब्दविहीन भएँ। आवश्यक सम्पूर्ण कागजात हुँदाहुँदै पनि अस्वीकृत हुनु अचम्म छ,’ उनले लेखेका छन्, ‘एक खेलाडीको रूपमा सिपिएलमा सहभागी हुन अब कठिन बन्दैछ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।