४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

बुटवल । जर्मनी प्रविधिको स्कोडा गाडीको बुटवलमा नयाँ शो रुममार्फत नयाँ मोडलका चारपाङ्ग्रे सवारीको बुकिङ शुरु भएको छ। कालिकानगरस्थित रोडवेज लाईफस्टाईल्स प्रालिको बुटवल क्षेत्रको आधिकारिक विक्रेताको रुपमा बुकिङ शुरु गरेको हो ।

Advertisement

स्थानीय समाजसेवी तथा रोडवेजका संरक्षक शान्तिदेवि श्रेष्ठले औपचारिक उद्घाटन गर्दै स्कोडाको नयाँ मोडल एसयूभी कुशाक मोडल सार्वजनिक गरेका छन। स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युमार्फत रोडवेजलाई बिक्रि तथा बुकिङ शुरु गरेको हो । कुशाक एक्टिभ, एम्बिसन र स्टाईल गरि ३ अप्सनमा आएको टिएसआई इन्जिङ जडान भएको नयाँ र अत्याधुनिक चारपाग्रे सवारी भएको उनले बताईन। जसमा ५ भेरियन्टमा उपलब्ध भएको उनले बताए ।

शुरुवाती एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैया तोकिएको छ । यसैगरि एम्बिसन म्यानुअल ट्रान्समिसन ५३ लाख ९० हजार रुपैया, अटोमेटिक ट्रान्समिसन ५८ लाख ९० हजार रुपैया, स्टाईल म्यानुअल ट्रान्समिसन ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसन ६५ लाख ९० हजार रुपैया बजार मुल्य तोकिएको छ। एक समारोहका बीच संरक्षक शान्तिदेवि श्रेष्ठले नयाँ क्रेताहरु महेश्वर श्रेष्ठ, संजिव विक्रम मल्ल र दुर्गा कटुवाललाई चाबी हस्तान्तरण गरिन। अहिलेसम्म एक दर्जन सवारी बुकिङ विक्रि भएको छ।

जर्मन कम्पनीबाट उत्पादन भएको सवारी विश्वमा नै उत्कृष्टमा पर्ने गर्दछ। रोबेस्ट र मस्कुलर लुक रहेको कुशाकले नेपाली एसयुभि प्रेमीको मन जित्ने प्रालिका संचालक लक्ष्मि श्रेष्ठकाे दाबी छ। कुशाक अगाडीको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाईट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ। रुफ रेल र १७ ईन्चको डायमण्ड कट अलोयह्विल छ। पछाडीको भागमा स्प्वाईलर, फक्स लिस्भर डिफ्युजर, र्याप-अराउण्ड एलडी टेललाईट समेत छ। सुरक्षाका लागि ६ एअरब्याग, रियर पार्किङ क्यामरा, आईसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याप र वाईपर मल्टीकोलिजन ब्रेकिङ सिस्टम रहेको छ।

एमएडब्लुका विजनेश डेभलोपमेन्ट अफिसर विकास शर्माले ईएससी सबै भेरियन्टमा र जुन सेग्मेन्टमै पहिलो भएको दाबी गरे। यसको ईन्टरीयर चालकलाई सहज बनाउन राखिएको सिम्प्ली क्लेभर फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ। यसमा १० ईन्चको टचस्क्रिन ईन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाईटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहित सिक्स स्पिकर जडान छ। सर्भिस सेन्टर हाइ वे अटो भिल्लाले गर्ने छ।

बजारमा स्कोडाका विभिन्न पाच मोडेलमा सवारी छन। जसमा रेपिड टिएसआई का पाच भेरिअन्टमा ३६ लाख ९० देखि ५१ लाख ९० हजारसम्मका छन। यसैगरि रेपिड टिएसआई एटी ५ भेरिअन्टका ४४ लाख ९० हजारदेखि ५८ लाख ९० हजारसम्म, सुपरबि टिएसआईएटी दुई भेरिअन्टमा सपोर्टलाईन १ करोड ३९ लाख र एल एण्ड के १ करोड ४९लाख का छन। करोक टिडिआई एटी एम्बिसन प्लास १ करोड ३० लाख र कोडिक टिडिआई एटी स्टाईल १ करोड ६५ लाख रुपैयाको बजारमा छन।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग रूसमा कोरोना बढेपछि अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा