१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

साउन २८,
काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ।

Advertisement

सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ। त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने लाग्यो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ। अधिकारीहरूका अनुसार यो नियमले आफैँ निर्भर हुन प्रोत्साहन गर्नेछ। ‘पब्लिक चार्ज रुल’ नामक नियम सोमवार सङ्घीय रजिस्टरमा प्रकाशित भएको थियो। यो अक्टोबर १५ देखि लागु हुनेछ।

अमेरिकामा स्थायी बासिन्दाको हैसियत पाइसकेका आप्रवासीहरूलाई यो परिवर्तनले खासै असर गर्नेछैन। साथै शरणार्थी वा शरणका लागि निवेदन दिएकाहरूको निम्ति पनि यो लागु हुनेछैन। तर भिसा अवधि लम्ब्याउन, ग्रीन कार्ड तथा अमेरिकी नागरिकताका लागि निवेदन दिएकाहरूलाई यसले असर पार्नेछ। जसले आम्दानीको स्तर भेट्टाउन सक्दैनन् वा जो सरकारी सुविधामा निर्भर हुनसक्ने ठानिन्छन् तिनलाई भविष्यमा अमेरिका भित्रन रोक्न सक्नेछ। अमेरिकामा रहिरहेकाहरूको हकमा तिनको निवेदन अस्वीकृत हुन सक्छ। अनुमानित दुई करोड २० लाख मानिस जो कानुनी रूपमा अमेरिकामा बसिरहेका छन्, तिनको नागरिकता छैन। तीमध्ये कैयौँलाई यो नियमले असर पार्न सक्नेछ।

एक वक्तव्य जारी गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूको हित सुरक्षा गर्न आप्रवासीहरू आर्थिक रूपमा आफैँ सबल हुनैपर्नै बताएका छन्। आप्रवासी अधिकारका वकालतकर्ताहरूले राष्ट्रपति ट्रम्पको प्रशासनलाई मुद्दा हालेर नयाँ नीति रोक्ने प्रयास गर्ने बताएका छन्। आलोचकहरूले उक्त नीतिले कम आय भएका आप्रवासीहरूलाई अन्यायपूर्ण ढङ्गले निसानामा पार्ने बताएका छन्। न्यूयोर्क इमिग्रेशन कोअलिशन संस्थाका निर्देशक स्टिभ चोयले उक्त नीतिलाई चुनौती दिने जानकारी दिए। उनले भने, “आप्रवासी समुदायलाई निर्दयी र त्रासपूर्ण ढङ्गबाट निरन्तर निसानामा पार्ने यो ट्रम्प प्रशासनले नियतवश गरेको काम हो। हामी यसविरुद्ध लड्नेछौँ। हामी कंग्रेसमा, अदालतमा तथा सडकमा यसविरुद्ध लड्नेछौँ।”-बीबीसी

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य