२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

साउन २८,

Advertisement

काठमाडौँ । सङ्घीय संसद्मा समिति सभापतिका लागि खरिद गरिएका गाडी हस्तान्तरण भएको एक महिनामै प्राविधिक समस्या देखिएपछि खरिद प्रक्रियामा छानबिनको तयारी थालिएको छ । गत शुक्रबार सभामुख कृष्णबहादुर महरा र समिति सभापतिहरूको छलफलमा गाडीको विषय प्रवेश भएपछि छानबिन प्रक्रिया अगाडि बढाउन लागिएको हो । सभामुख महराले आइतबार राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिसमेत रहनुभएका रामनारायण बिडारीसहित सङ्घीय संसद्का तीन सदस्यलाई छानबिन प्रक्रिया अगाडि बढाउन अख्तियारी दिनुभएको छ । औपचारिक रूपमा समितिलाई पत्र दिइएको छैन । 


सभापति बिडारीसहित प्रतिनिधिसभाका दुई समिति सभापतिलाई छानबिनका लागि अख्तियारी दिइएको हो । कानुन न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल र सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहलाई छानबिन प्रक्रिया अगाडि बढाउन सभामुखले आग्रह गर्नुभएको हो । सभामुखले छानबिनबारे टेलिफोनमार्फत जानकारी गराउनुभएको बिडारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘छानबिनको प्रक्रिया अघि बढाउन जानकारी आएको छ तर औपचारिक रूपमा कुनै पत्र पाएको छैन ।’’


गाडीमा प्राविधिक समस्या देखिएको चालकको गुनासोपछि सभापतिहरूले सभामुखसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए । गाडीप्रति सभापतिहरूको असन्तुष्टिपछि सभामुखले छानबिनको आश्वासन उक्त बैठकमै दिनुभएको थियो । सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । तीमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन् । सचिवालयले महिन्द्रा एस–फाइभ स्कोर्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालयले जनाएको छ ।


पहिलो र दोस्रो चरणमा खरिद गरिएका दुवै गाडी समिति सभापतिहरूलाई दिइएको छ । सभापतिहरूले बारम्बार गाडी पुरानो भएको दबाब दिएपछि सचिवालयले नयाँ गाडी खरिद गरेको थियो । पछिल्लो चरणमा सचिवालयले पाएका ११ गाडीमा प्राविधिक समस्या देखिएको हो । गाडीमा गेयर, भाइजर, स्पिकर, ढोकालगायतमा समस्या देखिएका छन् । कतिपय समस्या सामान्य प्राविधिक भए पनि एउटा गाडीमा भने बढी समस्या देखा परेको सचिवालयको दाबी छ । उक्त गाडी प्रक्रियागत रूपमा फिर्ता गरेर नयाँ अर्को गाडी दिन आपूर्तिकर्ता कम्पनी तयार भइसकेको पनि सचिवालयका एक अधिकारीले जानकारी दिए ।

सचिवालयले गर्यो परीक्षण 
गाडीमा समस्या भएको गुनासो बढेपछि सोमबार आपूर्तिकर्ता महिन्द्रा तथा सचिवालयका चालक र प्राविधिकसमेत बसेर परीक्षणसमेत गरिएको छ । जसमा एउटा गाडीको ब्याक गेयरमा समस्या देखिएको छ । परीक्षणपछि उक्त गाडी प्रतिस्थापन गर्नेबारे कम्पनी सकारात्मक बनेको छ । 
सोमबार प्रत्यायोजित व्यवस्थापन समिति सभापति बिडारीको गाडी सडकमै परीक्षण गरिएको छ । सचिवालयबाट घरसम्मै पु¥याएर पुनः सचिवालयसम्म गाडी परीक्षण गरिएको छ । यस्तै एउटा गाडीको ढोका नखुलेको विषयमा पनि परीक्षण गरिएको छ । उक्त समस्या भने म्यानुअलअनुसार प्रयोग नभएको निष्कर्ष प्राविधिकहरूको छ । – नारायण काफ्ले /गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि