२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुगेको छ । कूल २३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर रु १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १४.१७, व्यापार ४९.६५, विकास बैंक ४१.२, वित्त १९.६६, उत्पादन ३.८४, अन्य १२.४३, सामूहिक लगानी कोष ०.११ र लगानी १.०३ बिन्दुले घटेको छ । यस्तै, होटल तथा पर्यटन १०२.९१, जलविद्युत् १४४.७९, निर्जीवन बीमा ७.९९ र जीवन बीमा १०.०५ बिन्दुले बढेको छ ।

Advertisement

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६८ करोड ३० लाख ७१ हजार ७०१ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ५७ करोड ३७ लाख ७० हजार ६७९, अरुण काबेली पावर रु ५६ करोड १२ लाख ९३ हजार, अपि पावर कम्पनी रु ५३ करोड १७ लाख ४५ हजार ३८७ र आइसिएफसी फाइनान्स र ५१ करोड ५१ लाख १३ हजार ३४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

छ कम्पनीको शेयरमा सकारात्मक सर्किट

बुधबारको कारोबारमा विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा आइसिएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त युनियन लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, जानकी फाइनान्स ४.१७, एचआइडिसीएल ३.३९, गुर्खाज फाइनान्स ३.१६, वेष्ट फाइनान्स ३.१६ र एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीले ३.१३ प्रतिशतले गुमाए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…