ताजा अपडेट »

बुद्धको उडान अब विराटनगर दैनिक ६, तुम्लिङटार ५

सोमबार, २७ साउन २०७६, १८ : ४४
2 Shares

साउन २७,
काठमाण्डौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौंबाट विराटनगरका लागि दैनिक ६ उडान गर्न थालेको छ। कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन बिहान ८ः३० र १०ः५५, मध्याह्न १२ः३५, दिउँसो १ः३०, ३ः०० र ४ः०० तथा साँझ ५ः३० बजे विराटनगरका लागि उडान हुन थालेका छन्।

विराटनगरबाट काठमाडौं आउँदा भने बिहान ८ः०० र ९ः४०, मध्याह्न १२ः०५, दिउँसो १ः४५, २३ः३० र ४ः१० तथा साँझ ६ः२० बजेको उडान तालिका बनाइएको बुद्धले जनाएको छ। त्यसैगरी तुम्लिङटारबाट विराटनगरका लागि पनि दिनको पाँच उडान गर्न थालिएको कम्पनीले जानकारी दिएको छ। बुद्धसँग हाल ७२ सिट क्षमताका सातथान ‘एटिआर७२-५००’, ४७ सिटे तीन ‘एटिआर४२-३२०’ तथा १८ सिटे दुई ‘बिचक्राफ्ट-१९००डी’ सिरिजका जहाज छन्। हाल यसले काठमाडौंबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक चार दर्जनहाराहारी उडान गरिरहेको छ।

त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ। त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ । आन्तरिक उडानसँगै भारतका बनारस र कोलकाताका लागि नियमित उडान गर्दै आएको छ। बुद्धले आर्थिक वर्ष २०७५/७६ मा १४ लाख ४८ हजार ४ सय २८ यात्रु बोकेको थियो। अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा भने १२ लाख ७८ हजार ६ सय १५ यात्रु बोकेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।